माले – माल्दिभ्सले कोभिड–१९ विरूद्धको खोप सेवा घरघरमा पुगेर दिने घोषणा गरेको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
कोभिड–१९ को महामारी तथा असक्तताका कारण घरभन्दा टाढा पुगेर सेवा लिन असमर्थ समुदायलाई लक्षित गरी मोबाइल खोप सेवा उपलब्ध गराउन लागिएको माल्दिभ्सको स्वास्थ्य सुरक्षा निकाय (एचपीए), माल्दिभ्स रेड क्रेसेन्ट तथा धमना वेसी शहरी प्राथमिक स्वास्थ्य सेवा केन्द्रले पुष्टि गरेका छन् ।
सरकारको अभियानलाई सफल पार्न यी संस्थाहरूले प्रतिवद्धता जनाएका हुन् ।
अभियानबारे एमआरसी सेक्रेटरी जनरल फतिमा हिम्यलाई उद्धृत गरी भनिएको छ, “एमआसीले गाउँ गाउमा पुगेर खोप लगाउन नागरिकहरूलाई सचेत बनाएको छ साथै खोप अभियानमा सहयोग गरेको छ । ती संस्थाहरूले खोप लगाएपछि हुने सम्भावित समस्यालाई मध्य नजर गर्दै एम्बुलेन्समार्फत आकस्मिक सेवासमेत दिने जनाइएको छ ।
माल्दिभ्सले फेब्रुअरी १ देखि कोभिड–१९ विरूद्धको खोप कार्यक्रम अघि बढाएको छ भने अहिलेसम्म ४३ हजार ८१७ व्यक्तिलाई प्राथमिकताका आधारमा खोप दिइसकेको छ । खोप लगाएका मध्ये अधिकांश मानिस राजधानी माले तथा अन्य सहरी क्षेत्रका रहेका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस