हवाना – क्युबाका राष्ट्रपति मिगेल डायाज–कनेलले आफ्नो देश क्युबालाई आतंकवादीलाई प्रश्रय दिने मुलुकको सूचीमा राखेकामा संयुक्तराज्य अमेरिकाको निन्दा एवं भत्र्सना गरेका छन्।
राष्ट्रपति मिगेलले मङ्गलबार ट्वीट गर्दै क्युबाले जहिल्यै आतंकवादको विरोध गरिआएको र क्युबा अनावश्यक रुपमा दण्डित भएको बताएका हुन् । उनले क्युबा कहिल्यै पनि आतंकवादलाई प्रश्रय दिने मुलुक नरहेको पनि बताए ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालमा क्युबामाथि शत्रुतापूर्व व्यवहार गरिएको बताउँदै राष्ट्रपति मिगेलले आगामी बाइडेन प्रशासनमा दुबै मुलुकबीचको सम्बन्धमा सुधार हुने विश्वास व्यक्त गरेका छन्।
अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले क्युबालाई आतंकवादलाई प्रश्रय दिने मुलुकको सूचीमा राखेको घोषणा गरेलगत्तै क्युबाली राष्ट्रपति मिगेलले यस्तो प्रतिक्रिया दिएका हुन् ।
क्युबालाई सन् १९८२ मा अमेरिकाले आतंकवादलाई प्रोत्साहन गर्ने मुलुकको सूचीमा राखेको थियो तर सन् २०१५ मा बाराक ओबामा प्रशासनले उक्त प्रतिबन्ध फुकुवा गरेको थियो ।
तर राष्ट्रपति ट्रम्पले क्युबाबाट अमेरिकालाई खतरा अझै रहेको भन्दै कडा आर्थिक प्रतिबन्धहरु घोषणा गरेका थिए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस