वासिङटन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ९ अर्ब डलरको राहत प्याकेज सम्बन्धी एक आदेशमा आइतबार हस्ताक्षर गरेका छन् ।
एक साता अघि नै संसदले विधेयक पारित गरेपनि राष्ट्रपति ट्रम्पले विधेयकमा रहेका प्रावधानमा असहमति जनाउँदै हस्ताक्षर गर्न ढिलाई गगरेका थिए । रिपब्लीकन र डेमोक्रेट दुबै दलको सहमतिमा पारित भएको विधेयक स्वीकृत नभएपछि दुबै दलले राष्ट्रपतिमाथि दबाब दिएका थिए ।
कोभिड–१९ को संकटको सामना गरिरहेका अमेरिकी नागरिक र व्यवसायलाई मद्दत गर्न ल्याइएको उक्त विधेयक दोस्रो हो । यसअघि पनि झण्डै २२ खर्ब डलरको राहत प्याकेज वितरण गरिएको थियो ।
पछिल्लो विधेयक स्वीकृत गरेसँगै अमेरिकी संघीय कार्यालयहरु बन्द हुने खतरा तत्कालका लागि टरेको छ । उक्त विधेयक राष्ट्रपतिबाट स्वीकृत नभएको अवस्थामा यही मंगलबारदेखि कैयौं अमेरिकी संघीय कार्यालयहरु बन्द हुने थिए ।
फ्लोरिडास्थित आफ्नो मार–ए–लागो रिसोर्टमा क्रिसमसको छुट्टी मनाइरहनु भएका राष्ट्रपति ट्रम्पले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “मैले यो विधेयकमा हस्ताक्षर गरिदिएको छु । यसबाट बेरोजगारी भत्ता, साना व्यवसायका लागि घरभाडा, व्यक्तिगत खातामा नगद सहयोग, हवाई सेवाका कर्मचारीलाई पुनः काममा फर्कन, खोप वितरणका लागि थप रकमको व्यवस्था गर्न मद्दत गर्नेछ ।”
अमेरिकाका नयाँ निर्वाचित राष्ट्रपति जो बाइडेनले समेत दुबै सदनद्वारा पारित आम सहमतिको विधेयक तत्काल स्वीकृत गर्न राष्ट्रपति ट्रम्प समक्ष आग्रह गगरेका थिए ।
त्यस्तै रिपब्लीकन सिनेटर मिट रम्नीले पनि राष्ट्रपति ट्रम्पले विधेयकमा हस्ताक्षर गरेकामा आफू निकै खुशी भएको बताएका छन् । ट्वीट गर्दै सिनेटर रम्नीले विधेयक स्वीकृत भएसँगै अमेरिकी श्रमिक, परिवार र साना व्यवसायीले निकै राहतको महशुस गर्ने बताए । यसअघि आइतबार उनले राष्ट्रपति ट्रम्पमाथि विधेयक तत्काल स्वीकृत गर्न वा भिटो प्रयोग गर्न चेतावनी दिएका थिए ।
राष्ट्रपति ट्रम्पले विधेयक स्वीकृत गर्नेक्रममा प्रत्येक अमेरिकी परिवारका लागि हाल प्रस्तावित ६०० अमेरिकी डलरको साटो १८०० डलर दिनुपर्ने आफ्नो पूर्व अडान यथावत रहेको दोहो–याएका छन् । उनले असम्बन्धित कार्यक्रममा राहत प्याकेजको रकम खर्च हुन लागेको जिकिर गरेका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस