तेहरान– इरान सरकारले एक पटक निर्वासनमा गएका पत्रकार रुहोल्लाह जामलाई मृत्युदण्ड दिएको छ । अनलाइनबाट देशको आर्थिक स्थितिका बारेमा रुहोल्लाहले समाचार पोष्ट गरेका कारण सन् २०१७ मा सरकारविरोधी प्रदर्शनहरु भएका थिए ।
अल जजिराले सम्प्रेषण गरेको समाचार अनुसार इरानले सन् २०१९ मा पत्रकार जामलाई गिरफ्तार गरेको थियो । इरानी सर्वोच्च अदालतले फैसला सुनाएको चार दिनपछि पत्रकार जामलाई मृत्युदण्ड दिइएको थियो ।
इरानको राज्य नियन्त्रित समाचार संस्था इर्नाका अनुसार पत्रकार जामलाई शनिबार बिहान झुण्ड्याएर मृत्युदण्ड दिइएको थियो ।
पत्रकार जामलाई मृत्युदण्ड दिइनु मानव अधिकारको ठाडो उल्लंघन भएको जनाउँदै रिपोर्टर्स विदाउट बोर्डर्सले आपत्ति जनाएको छ ।
पत्रकार जामले संचालन गरेको टेलिग्राम एप्समा इरानी सरकारले प्रदर्शनकारीमाथि गरेका दुव्र्यवहारको समयरेखा सहित समाचार सामग्री राखिएको छ । त्यसबखत झण्डै एक हजार प्रदर्शनकारीलाई गिरफ्तार गरिएको थियो । त्यसक्रममा झण्डै २०० देखि ४०० व्यक्तिको मृत्यु हुनुका साथै हजारौं व्यक्ति घाइते भएका थिए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस