वासिङ्टन– संयुक्तराज्य अमेरिकामा संघीय कानुन बमोजिम एक व्यक्तिलाई बिहीबार मृत्युदण्ड दिइएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो कार्यकाल सकिनै लाग्दा संघीय कानुन बमोजिम मृत्युदण्ड दिएको भन्दै चौतर्फी विरोध पनि भएको छ ।
इन्डियाना राज्यको टेरी हट कारागारमा ४० वर्षीय अफ्रिकी–अमेरिकी ब्रान्डोन बर्नार्डलाई सुईबाट घातक विषाक्त दिएर मृत्युदण्ड दिइएको हो । सन् १९९९ मा टेक्सासमा भएको एक हत्याकाण्डमा बर्नार्डको संलग्नता पुष्टी भएको थियो जतिबेला उनी १८ वर्षका थिए ।
कारागारमा बर्नार्डले राम्रो व्यवहार गरेको र उनीमा धेरै सुधार आएको भन्दै उक्त मृत्युदण्डलाई आजीवन काराबासमा परिणत गर्न झण्डै पाँच लाख व्यक्तिले लिखित अनुरोध गरेपनि संघीय अधिकारीहरुले त्यसलाई सुनुवाई गरेका थिएनन् ।
सन् १९९९ मा टेक्सासमा एक दम्पतीलाई लुटपाट गर्नेक्रममा बर्नार्ड सहित अरु चार किशोरहरुले ती दम्पतीलाई हत्या गरी उनीहरु चढेको कारमा राखेर आगो लगाइदिएका थिए । बर्नार्डले गोली नचलाए पनि आगो लगाउन मद्दत गरेका थिए ।
बर्नार्डका अर्का साथी एवं गोली चलाउने क्रिस्टोफर भियाल्भालाई गत सेप्टेम्बरमा मृत्युदण्ड दिइएको थियो । उनी पनि घटना हुँदाका दिन १९ वर्षका मात्र थिए । समूहका अरु सदस्यहरु भने घटना हुँदाका दिन १८ वर्ष नपुगेको भन्दै अदालतले सुधार गृहमा पठाएको थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस