वासिङ्टन– अमेरिकी राष्ट्रपति–निर्वाचित जो बाइडेनले अमेरिकी विदेश मन्त्रीमा आफ्ना सल्लाहकार सहयोगी एन्टोनी ब्लिन्केनलाई मनोनयन गर्ने सम्भावना रहेको छ । बाइडेनका नजिकका स्रोतले ५८ वर्षीय ब्लिन्केनलाई विदेश मन्त्रीमा मनोनयन गर्ने सम्भावना रहेको बताएका छन् ।
ओबामा प्रशासनका समयमा ब्लिन्केनले उप विदेशमन्त्री तथा राष्ट्रिय उप सुरक्षा सल्लाहकारको भूमिका निर्वाह गरिसक्नु भएको छ । साथै उहाँसँग जो बाइडेनको निकट सम्बन्ध रहेको बताइन्छ ।
ट्रम्प प्रशासनका चार वर्षको अवधिमा अमेरिकी विदेश नीतिमा आएको ह्रासलाई सच्याएर नयाँ रुपमा संयुक्तराज्य अमेरिकालाई उभ्याउनु पर्ने चुनौती ब्लिन्केनमाथि हुनेछ ।
बाइडेनले आफ्नो प्रशासनमा ल्याउन चाहनु भएका दुई व्यक्तिहरु सुशान राइस र सिनेटर क्रिस कून्सका बारेमा भने सिनेटको सुनुवाईमा धेरै जटिलताको सामना गर्नुपर्ने हुनसक्छ ।
राइसका बारेमा सिनेटमा रिपब्लीकन पार्टीले अवरोध सिर्जना गर्ने सम्भावना छ । लिबियाको बेन्गाजीमा अमेरिकी दूतावासमा भएको आक्रमणका बारेमा राइसले दिएको अभिव्यक्तिका बारेमा रिपब्लीकन पार्टीले असन्तोष जनाउँदै आएको छ ।
सिनेटमा डेमोक्रेटको बहुमत नभएकाले पनि बाइडेनले मनोनयन गर्ने मन्त्रीहरु र अन्य महत्वपूर्ण पदहरुमा सिनेटमा कडा प्रश्नहरुको सामना गर्नु पर्नेछ, र सुनुवाईमा पनि ढिलाई हुन सक्नेछ ।
तर जर्जिया राज्यमा आगामी जनवरी ५ मा हुने चुनावमा डेमोक्रेट विजयी भएमा सिनेटमा डेमोक्रेट पार्टीको बहुमत पुग्नेछ ।
बाइडेनले आफ्नो मन्त्री परिषदमा हुने छनौटमा विशेष रुपमा अहिले ध्यान दिइरहनु भएको छ । खासगरी अर्थतन्त्र, राष्ट्रिय सुरक्षा वा जनस्वास्थ्य जस्ता पदहरु निकै महत्वपूर्ण हुने छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस