कम्पाला– पूर्वी अफ्रिकी मुलुक उगान्डाको राजधानी कम्पालामा बुधबार भएको हिंसात्मक प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या १६ जना पुगेको छ ।
राष्ट्रपतिका विपक्षी उम्मेदवार रोबर्ट क्यागुलानीलाई गिरफ्तार गरेको विरोधमा भएको प्रदर्शनले हिंसात्मक रुप लिएपछि प्रदर्शनमा उत्रिएका व्यक्तिहरुको मृत्यु भएको प्रहरीले जनाएको छ ।।
प्रहरी स्वास्थ्य सेवाका निर्देशक मोजेज ब्यारुहांगाले मुलागो राष्ट्रिय अस्पतालमा उपचार गराइरहेकामध्ये १६ जनाको मृत्यु भएको जानकारी दिनुभयो । उहाँले मृतकमध्ये एक जना महिला रहेको बताउनुभयो ।
उनीहरुलाई गोली लागेको तथा अश्रुग्यासबाट श्वास फेर्न कठिनाई भएको निर्देशक मोजेजले बताउनुभयो ।
अस्पतालका उपनिर्देशक रोजमेरी ब्यानयीमाले अस्पतालमा ४६ जना घाइते भर्ना भएको जानकारी दिनुभयो ।
देशका विभिन्न भागमा भएका प्रदर्शनमा अरु पनि कैयौं व्यक्ति घाइते भएको प्रहरीको भनाई छ । यसर्थ घाइते र मृतकको संख्या अरु बढ्न सक्ने प्रहरी प्रवक्ता प्याट्रिक ओन्याङ्गोले बताउनुभयो ।
उगान्डाको राष्ट्रिय चुनाव आयोगले यसै महिनाको शुरुमा आगामी राष्ट्रपतिको चुनावमा ११ जना उम्मेदवारको नाम सार्वजनिक गरेको थियो । चुनावमा वर्तमान राष्ट्रपति योओरी मुसेभेनी पनि रहनु भएको छ । उगान्डामा सन् २०२१ मा राष्ट्रपतिको चुनाव हुँदैछ ।
कोरोनाभाइरसको संक्रमण बढ्नै भन्दै निर्वाचन आयोगले २०० जनाभन्दा बढी व्यक्तिलाई भेला, सभा वा जुलुसमा सहभागी नहुन अनुरोध गरेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस