सान साल्भाडोर- मध्य अमेरिकी क्षेत्रमा आएको आइओटा नामक आँधीका कारण मृत्यु हुनेको सङ्ख्या बिहीबार ३० पुगेको संयुक्त राज्य अमेरिकाको राष्ट्रिय आँधी व्यवस्थापन केन्द्रले जानकारी गराएको छ ।
गत सोमबार आएको ‘पाँचौँ श्रेणी’को विनासकारी आँधीका कारण मृत्यु हुनेको सङ्ख्या ३० पुगेको निकारागुवा राज्य प्रशासनले बताएको छ ।
आँधीको विनासकारी प्रभाव बिहीबारसम्म रहने अमेरिकी मौसम विज्ञान कार्यालयले जानकारी गराएको छ । अमेरिकामा सन् २०२० कै सबैभन्दा ठूलो मानिएको अलसाल्भाडोर क्षेत्रमा आएको एटलान्टिक आँधी भने केही दिनदेखि शान्त बनेको बताइएको छ ।
अमेरिकी आँधी केन्द्रका अनुसार आइओटा विस्तारै शान्त हुने क्रम रहेको तर अन्त्यतिर जनजीवनलाई खतरामा पार्ने गरी मध्य अमेरिकी होन्डुरस, निकारागुवा र ग्वाटेमाला क्षेत्रका विभिन्न स्थानहरूमा पहिरो तथा बाढीको मुख्य असर परेको आँधीजन्य विपत् व्यवस्थापन केन्द्रले जनाएको हो ।
आइओटाका कारण निकारागुवामा दुई बालबालिकासहित सबैभन्दा बढी १८ व्यक्तिको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।
आँधीका कारण होन्डुरसमा १४ व्यक्तिको मृत्यु भएकोमा पाँच जना एकै परिवारका रहेको बताइएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस