सोल – दक्षिण कोरियाले पहिलो पटक संयुक्त राष्ट्रसंघको मृत्युदण्ड रोक्ने निति प्रति समर्थन गर्ने भएको छ । कोरियाली न्याय मन्त्रालयले बुधबार बताए अनुसार कोरियाली इतिहासमा पहिलो पटक राष्ट्रसंघको उक्त नितिलाई समर्थन गरिएको हो ।
हाल संयुक्त राष्ट्रसंघले नियमित रुपमा मृत्युदण्ड सम्बन्धि नियमलाई कडा बनाउदै लगेको छ । मृत्युदण्डलाई निरुत्साहित गर्ने उद्देश्य सहित हाल संयुक्त राष्ट्रसंघले प्रावधानहरुमा समेत परिवर्तन गर्दै आएको छ । सन् २००७ बाट २०१८ सम्ममा राष्ट्रसंघले सात पटक उक्त बिषयमा बहस चलाएको भएता पनि मृत्युदण्ड बन्द गर्ने या नगर्ने भन्ने विवादका कारण दक्षिण कोरियाले आफ्नो मत स्पष्ट पार्न सकेको थिएन ।
दक्षिण कोरियामा मृत्युदण्डको प्रावधान भएता पनि बिरलै मात्र उक्त आदेश अदालतबाट आउने तथा विश्वका धेरै राष्ट्रहरुले हाल मृत्युदण्ड विरुद्धको कानुनमा सहमति गरेका कारण दक्षिण कोरियालाई पनि उक्त नियमप्रति ऐक्यवद्धता जनाउन नैतिक दवाव सृजना भएको हो ।
तत्काल दक्षिण कोरियाबाट मृत्युदण्ड हट्ने हो वा हैन भन्ने बिषय कानुन परिमार्जनले मात्र भन्ने भएता पनि संयुक्त राष्ट्रसंघको मृत्युदण्ड रोक्ने कार्यक्रममा भने सहमति जनाइने मन्त्रालयले बताएको छ । दक्षिण कोरियामा अन्तिम पटक मृत्युदण्ड सन् १९९७ को डिसेम्बर ३० तारिखमा दिइएको थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस