बेइजिङ- चीनको जिनान प्रान्तमा ल्याटिन अमेरिकी देशहरु तथा न्युजिल्याण्डबाट आयातित ‘फ्रोजन मिट’ मा कोरोना भाइरसका जिवाणु फेला परेको प्रान्त सरकारले बताएको छ ।
ब्राजिल, बोलिभिया तथा न्युजिल्याण्डबाट चीन ल्याइएको गाइको मासुमा उक्त भाइरस फेला परेको हो । त्यस्तै अर्जेन्टिनाबाट ल्याइएको सुँगुरको मासुमा समेत कोरोना भाइरसका जिवाणु पाइएको हो ।
विश्व स्वास्थ्य संगठनले फ्रोजन मिटबाट कोरोना संक्रमण सर्ने सम्भावना अत्यन्तै न्युन भएको बताएता पनि चीनले भने त्यस्ता उत्पादनहरुमा परिक्षणलाई तीब्रता दिएको छ । चीनले त्यस्ता स्थानबाट आयात हुने मासुलाई बन्द गर्ने सम्मको रणनिति लिएको समाचारमा जनाइएको छ ।
चीन विश्वकै बढी गाईको मासु आयात गर्ने मुलुक हो । गत हप्ता मात्र अर्जेन्टिनाबाट ल्याइएको गाईको मासुमा भाइरस फेला परेको थियो । कोरोनाको उद्गमस्थल उहानमा समेत ब्राजिलबाट ल्याइएको मासुमा कोरोना पाइएको थियो ।
हालसम्म ती मासु प्रयोग गर्ने कसैमा पनि कोरोना भाइरस संक्रमण नपाइएता पनि सचेत भने हुनुपर्ने चिनियाँ अधिकारीहरुले बताएका छन् । हाल मासु आयात गरिएका सवारीसाधन निर्मलिकरण गर्ने तथा ति सवारीसाधनमा कार्यरत कर्मचारी मजदुरहरुको कोरोना परिक्षणको काम भइरहेको समेत बताइएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस