सोल – उत्तर कोरियाले बुधबारबाट लागु हुनेगरि सार्वजनिक स्थानमा धुम्रपान निषेध गरेको छ । लागु गर्न कठीन देखिएको उक्त नियम देशभर लागु गरिएको हो ।
उत्तर कोरियाको सर्वोच्च जनसभाले लामो समयबाट अभ्यास गर्न प्रयास गरिएको उक्त नियमलाई लागु गरेको हो । नियम लागु गरिएसँगै अब उत्तर कोरियामा सुर्तिजन्य पदार्थको उत्पादन तथा विक्री वितरणमा कमी आउने छ ।
उत्तर कोरियाली शाशक किम जोङ उन आफै चेन स्मोकर भएका कारणले उक्त बिषयलाई त्यहाँका सञ्चार माध्यमले कसरि हेर्छन् भन्ने बिषयले सबैलाई आकर्षित बनाएको छ । उत्तर कोरियाली सञ्चार माध्यम केसिएनएका अनुसार त्यहाँका ३१ प्रकारका स्थानमा अब धुम्रपान गर्न पाइने छैन ।
निषेध गरिएका स्थानहरुमा रंगमञ्च, सभाहल, बाल स्याहार गृह, विद्यालय तथा अस्पताल लगायतका क्षेत्र रहेका छन् । सन् २००५ मा समेत उक्त नियम लागु गरिएको थियो तर किम आफैले सार्वजनिक स्थानमा धुम्रपान गरेपश्चात पालन भने गरिएको थिएन ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस