सोल – दक्षिण कोरियाको अल्पसंख्यक धर्म सम्प्रदाय छिजोञ्चीका धर्मगुरु ८९ बर्षीय ली मान हीलाई तारेखमा रिहा गरिएको छ । बिहिबार रिहा गरिएका उनि माथि सरकारको कोरोना रोकथाम अभियानमा असहयोग गरेको आरोपमा पक्राउ गरिएको थियो । उनलाई प्रहरीले गत अगष्टमा पक्राउ गरेको थियो ।
८९ बर्षीय हीलाई सरकारले कोरोना संक्रमण रोकथाम गर्न सुचना उपलब्ध गराउन अनुरोध गरेको थियो । सबैभन्दा बढी समुहमा संक्रमण फैलिएको थेगु स्थित उक्त सम्प्रदायका धर्मगुरुले झुटा विवरण उपलब्ध गराएर सरकारलाई असहयोग गरेको आरोप सरकारले उनीमाथि लगाएको थियो ।
लीले तारेखमा रिहा हुन अदालत समक्ष सेप्टेम्बर १८ मा निवेदन पेश गरेका थिए । उनको उक्त निवेदन उपरको बहसका क्रममा सुवन जिल्ला अदालतले १०० मिलियन वन धरौटीमा तारेखमा रिहा गर्न आदेश दिएको थियो ।
लीले सुचनामा तलमाथि गराएका यथेष्ट प्रमाण नपाइएको तथा उनको स्वास्थ्य दिनप्रतिदिन खराब बन्दै गएका कारण रिहा गरिएको श्रोतले बताएको छ । अदालतको आदेश पश्चात ली ह्वील चेयरमा जेलबाट बाहिर आएका थिए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस