सोल – दक्षिण कोरियाको सबैभन्दा ठूलो एयरलाइन्स कम्पनि तथा कोरियाली ध्वजा बाहाक कोरियन एयरले देशकै दोश्रो ठूलो एसियाना एयरलाइन्सको स्वामित्व खरिद गर्ने भएको छ । कोरियन एयरलाइन्स सञ्चालक हान्जिन ग्रुपले यसबारे प्रकृया समेत सुरु गरेको छ ।
हान्जिन ग्रुपका अनुसार ऋणमा डुबेको उक्त एयरलाइन्सलाई प्रकृया पुर्याएर कोरियन एयरलाइन्स मातहत लिइने छ । हाल उक्त प्रकृयाका लागि एयरलाइन्सले कोरियन बिकास बैंकसँग निरन्तर छलफल गरिरहेका छन् ।
कोरियन बिकास बैंकका एक अधिकारीका अनुसार बिगत दुई महिनाबाट दुई बिमान सञ्चालक कम्पनि प्रतिनिधिहरु बीच छलफल भइरहेको छ । कुनै निश्कर्षमा नपुगेको बताइएको उक्त छलफलका क्रममा कोरियन एयरलाइन्सले एसियाना एयरलाइन्सको करिव ३०.७७ प्रतिशत शेयर लिने छ । यसका लागि कोरियन बिकास बैंक समेत लगानी गर्न तयार रहेको छ ।
हाल एसियाना एयरलाइन्स करिव २.१ बिलियन डलरको घाटामा चलिरहेको बताउदै मुख्य लगानीकर्ताका रुपमा रहेका कोरियन बिकास बैंक, एक्स्पोर्ट इम्पोर्ट बैंक लगायतले कम्पनिबाट हात झिकिसकेका छन् । कोरियन बिकास बैंकले कोरियन एयरलाइन्समा भने लगानी गर्न तयार रहेको बताएको छ । यदि त्यसो भएमा उक्त बैंक कोरिया एयरको सबैभन्दा ठूलो शेयर होल्डर समेत रहने छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस