टोकियो – जापानमा शनिबार ६.२ म्याग्नीच्युडको भूकम्प गएको छ । राजधानी टोकियोदेखि झण्डै ६०० माइल दक्षिपूर्वी क्षेत्रमा पर्ने चिचिजिमालाई केन्द्रविन्दु बनाएर भूकम्प गएको हो ।
जापानको भूगर्भ विभागले दिएको जानकारी अनुसार झण्डै दश किलोमिटर गहिराइबाट कम्पन भएको थियो । विभागका अधिकारीहरुले भूकम्पपछि कुनै आँधीको खतरा नरहेको जानकारी दिएका छन् । सरकारी अधिकारीहरुको भूकम्पका कारण अहिलेसम्म कुनै मानवीय वा भौतिक क्षतिको विवरण प्राप्त भइनसकेको पनि स्पष्ट पारेका छन् ।
जापान धेरै भूकम्प आउने देशमा पर्दछ । बर्षेनी दर्जनौ पटक भूकम्प आउने गर्दछ भने कतिपय शक्तिशाली भूकम्पले मानवीय तथा भौतिक क्षति समेत गराउने गरेको छ । सन् २०११ मा आएको ९ म्याग्नीच्युडको विनाशकारी भूकम्प र त्यसपछिको आँधीका कारण जापानमा कम्तीमा १५ हजार भन्दा बढी मानिसको मृत्यु भएको थियो भने धेरै भौतिक संरचनामा क्षति भएको थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस