वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका प्रमुख सहयोगी मार्क मोडोज कोरोनाभाइरसबाट सङ्क्रमित हुनुभएको छ ।कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सूचीमा मेडोजको नाम पनि रहेको र उनी निकट श्रोतहरुले पनि उनी सङ्क्रमित भएको जनाएका छन् ।
उहाँसहित अरु पनि धेरै उच्च सरकारी अधिकारीहरु कोरोनाभाइरसबाट सङ्क्रमित भएको शुक्रबार पुष्टि गरिएको छ । अमेरिकामा कोरोनाभाइरसका कारण दुई लाख ३६ हजारभन्दा बढीको मृत्यु भइसकेको सरकारी तथ्याङ्क छ ।
कोरोनाभाइरसका कारण मृत्यु भएका र सङ्क्रमित भएकाहरुको संख्या अमेरिकामा सवैभन्दा धेरै रहेको छ । राष्ट्रपति पदका लागि अहिले उम्मेदवार समेत रहनु भएका ट्रम्पका मुख्य सहयोगी नै सङ्क्रमित भएपनि पूर्ण विवरण भने दिइएको छैन ।
मुख्य सहयोगी मेडोज मतदानको दिन ट्रम्पसँगै विभिन्न ठाउँमा जानु भएको थियो । त्यति बेला उहाँले मास्क समेत प्रयोग गर्नु भएको थिएन । त्यसैले उहाँबाट धेरै जना प्रभावित भएको हुनसक्ने अनुमान गरिएको छ ।
उहाँ मतगणना स्थलहरुमा पनि मास्क विना जाने गर्नु भएकोले उहाँले धेरैलाई सारेको हुन सक्ने अधिकारी तथा चिकित्सकहरुले बताएका छन् । यसअघि राष्ट्रपति ट्रम्प सङ्क्रमित हुँदा पनि उहाँलाई सवैभन्दा बढी सहयोग गर्नेमा मेडोज नै रहनु भएको थियो । ट्रम्पले कोरोनाभाइरसलाई सामान्यीकरण गर्दै आउनु भएको छ ।
अमेरिकामा पछिल्ला केही दिनदेखि दैनिक एक लाखभन्दा बढी मानिस कोरोनाभाइरसबाट सङ्क्रमित हुने गरेका छन् । अहिलेसम्म ९७ लाखभन्दा बढी भन्दा बढी सङ्क्रमित भएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस