सोल – दक्षिण कोरियाले नेदरल्याण्डबाट हुने पोल्ट्रीजन्य बस्तुको आयातमा प्रतिबन्ध लगाएको छ । नेदरल्याण्डमा बर्डफ्लु रोगको संक्रमण पाइए पश्चात उक्त संक्रमण दक्षिण कोरिया भित्रीन नदिन सरकारले त्यहाँबाट हुने पोल्ट्री आयत पूर्ण रुपमा बन्द गराएको हो ।
नेदरल्याण्ड सरकारले त्यहाँको गिल्डरल्याण्ड प्रान्तको एक कुखुरा फार्ममा बिहिबार मात्र एभियन इन्फ्लुएञ्जा (एआई) नामक भाइरस पाइएको बताएको थियो । उक्त भाइरस पाइए लगत्तै दक्षिण कोरियाली कृषि मन्त्रालयले त्यहाँबाट हुने सम्पुर्ण पोल्ट्री तथा पोल्ट्रीजन्य पदार्थको आयातमा रोक लगाएको हो ।
मन्त्रालयले चीन, ताइवान तथा अन्य युरोपेली मुलुकहरुमा समेत त्यस किसिमका फ्लुहरु पाइएको बताउदै मन्त्रालयले ति मुलुकहरुबाट हुँदै आएका आयातमा समेत कडा नियमन भइरहेको बताएको छ । आवश्यक परेमा ति मुलुकहरुबाट हुँदै आएका निर्यात समेत बन्द गरिने मन्त्रालयले बताएको छ ।
यता दक्षिण कोरियाली सरकारले देशमै पनि जंगली चराहरुमा एच-५ एन-८ नामक भाइरस पाइएका कारण सचेत रहन सबै सरोकारवालाहरुमा अनुरोध समेत गरेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस