सोल – जापान सरकारले दक्षिण कोरियाबाट विश्व ब्यापार संगठन प्रमुखका लागि दावेदार उम्मेद्वार यो म्युङ ही विरुद्ध प्रचारप्रसार सुरु गरेको छ । जापानको राष्ट्रिय स्वार्थलाई हेरेर योसिहिदे सुगा नेतृत्वको सरकारले उनी विरुद्ध प्रचार सुरु गरेको समाचारमा बताइएको छ ।
यो विरुद्ध जापानले प्रचारप्रसार गर्नुको कारण हालसम्म पनि नखुलेको बताउदै दक्षिण कोरियाली अधिकारीहरुले भने जापान कोरिया युद्धका बेला जापानले गिरफ्तार गरेका युद्ध बन्दीहरुलाई दिनुपर्ने क्षतिपुर्तिको बिषयलाई लिएर उक्त कदम उठाएको हुनसक्ने बताएका छन् । पछिल्लो पटक सुगा सरकारले बहुमुल्य बस्तुहरुको कोरिया निर्यात समेत रोकेको छ ।
श्रोतले जनाए अनुसार हाल जापानी परराष्ट्र मन्त्री एसियाली, युरोपेली तथा अमेरिकी प्रतिनिधिलाई कोरिया बिरुद्ध मतदान गर्नका लागि लविङ गरिरहेका छन् । कतिपय विकशील मुलुकहरुलाई जापानले आर्थिक तथा विकास सहयोगको प्रलोभन देखाई यो बिरुद्ध मतदान गर्न उक्साइरहेको श्रोतले बताएको छ ।
पछिल्लो पटक आइतबार मात्र जापान सरकारले विश्व ब्यापार संगठन प्रमुखका लागि नाइजेरियाका प्रतिस्पर्धी ओकोञ्जो इवेलालाई साथ दिने निर्णय गरेको थियो । बहुमतबाट भन्दा पनि विवेकद्वारा प्रमुखको छनौट गरिने भएका कारण हो त्रशीत नरहेको समाचारमा बताइएको छ ।
मंगलबारबाट सुरु हुने छनौट प्रकृया आगामी एक हप्तामा सकिने र आगामी हप्तासम्ममा विश्व ब्यापार संगठनले नयाँ प्रमुख पाउने अपेक्षा गरिएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस