सोल- उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनले हालै सन् १९५०-५३ को कोरियाली युद्धका क्रममा उत्तर कोरियाका तर्फबाट लडेका दिवङ्गत सैनिकहरुको समाधिको भ्रमण गरेका छन् । उत्तर कोरिया-चीन सैन्य सहयोगको ७० औँ बार्षिकोत्सवका क्रममा किमले उक्त समाधिमा भ्रमण गरेका हुन् ।
उत्तर कोरियाली नेता किमले २ बर्ष पहिले समेत उक्त चिहानको भ्रमण गरेका थिए । दक्षिणी प्योङ्यान प्रान्तको होइचाङमा रहेको चिनियाँ सैनिकहरुको समाधि स्थलमा भ्रमण गरि किमले कोरियाली युद्धमा चिनियाँ सैनिकले पुर्याएको योगदानको स्मरण गर्दै मृतकहरु प्रति श्रद्दाञ्जली समेत व्यक्त गरेका थिए ।
चिनियाँ राष्ट्रपति सि जिङ पिङले समेत कोरियाली युद्धमा चिनको सैन्य सहभागिताको ७० औँ बार्षिकोत्सवका अवसरमा आज विशेष सन्देश जारि गर्ने उत्तर कोरियाली सरकारी सञ्चार माध्यम केसिएनएले जनाएको छ । समाचार अनुसार यो सन्देश चिनियाँ सरकार प्रमुखद्वारा कोरियाली युद्धका बिषयमा २० बर्ष पछि दिइएको सन्देश हो ।
चीनले हरेक बर्ष अक्टोबर २५ लाई कोरियाली युद्धमा आफू सहभागी भएको बिजय दिवस मनाउदै आएको छ । सन् १९५० को सोही दिन चिनियाँ सैनिकले दक्षिण कोरियाली फौज विरुद्ध पहिलो पटक बिजय पाएको थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस