सोल-जापानी तथा अमेरिकी सैनिकहरुले संयुक्त रुपमा आगामी अक्टोबर २६ बाट नोभेम्बर ५ सम्म “किन स्वर्ड” नाम दिइएको सैन्य अभ्यास गर्ने भएका छन् ।
जापान नजिकैको समुद्रमा उक्त अभ्यास गराइने भएको हो । भ्वाइस अफ अमेरिकाका अनुसार उक्त सैन्य अभ्यासमा दुबै देशका गरि कुल ४६ हजार सैनिकहरु सहभागी हुने छन् ।
यता दक्षिण कोरियामा भने सन् २०१८ बाट हुने भनिएको बृहत संयुक्त सैन्य अभ्यास हालसम्म हुन सकेको छैन । भएकाहरुमा पनि संख्या घटाइएको छ भने कतिपय समयमा मिति नै परिवर्तन गरिएको छ । जापान तथा अमेरिकाले भने शैनिक शक्ति सुदृढीकरणमा लागि परिरहेका छन् ।
हाल संयुक्त राज्य अमेरिकाले चीनलाई चौतर्फि घेरा हाल्ने रणनिति अनुरुप सैन्य अभ्यास कार्यक्रमलाइृ तीब्रता दिएको कोरियाली जानकारहरु बताउदछन् ।
यता दक्षिण कोरियाली राष्ट्रपति मुन जाई इनले कोरियाली युद्धको औपचारिक अन्त्यको घोषणा गर्दै अमेरिकी सेनालाई स्वदेश फर्काउने बारे दिएको अभिब्यक्तिका कारण अमेरिकाले संयुक्त सैन्य तालिमलाई प्राथमिकतामा नराखेको हुन सक्ने बताएका छन् ।
अमेरिकी रिपव्लिक कंग्रेसका एक विधायकले समेत दुबै देशले युद्ध अन्त्य भएको घोषणा गरेमा उत्तर कोरियालाई निशश्त्रीकरण गर्न सहयोग गर्ने तथा उत्तर कोरियाले अन्य देशहरुलाई दिँदै आएको धम्कीको शीलशीला समेत बन्द हुने बताएका छन् ।
यसबाट दुबै कोरिया बीचको मनमुटाव घट्ने देखी लिएर अमेरिकी फौज घर फर्कने समेत भएका कारण अमेरिकाले दक्षिण कोरियासँग संयुक्त सैन्य अभ्यासमा चासो नदिएको उनले भ्वाइस अफ अमेरिकासँगको अन्तरवार्तामा बताएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस