सोल – सन् २०१८ को मध्यबाट इटालीको रोमबाट हराएका उत्तर कोरियाली राजदूत हाल दक्षिण कोरियामा रहेको बताइएको छ ।
इटालीका लागि उत्तर कोरियाली कार्यकारी राजदुत रहेका जो सङ्ग जील सन् २०१८ को मध्यबाट हराएका र उनी गत बर्षकै जुलाईमा दक्षिण कोरिया प्रवेश गरेको समाचारमा बताइएको छ ।
हाल उनी दक्षिण कोरियाली सरकारी सुरक्षा अधिकारीको सुरक्षामा रहेको दक्षिण कोरियाली प्रमुख प्रतिपक्षि दलका नेता तथा सांसद हा ताई क्युनले आफ्नो फेसबुकमार्फत बताएका छन् ।
जो सपरिवार दक्षिण कोरिया आएर बसेको दक्षिण कोरियाका विविध श्रोतहरुले पुष्टी गरेका छन् । उनी उत्तर कोरियाबाट भागेर दक्षिण कोरियामा बस्ने सबै भन्दा उच्च पदस्त सरकारी कर्मचारी रहेका छन् । यद्यपी दक्षिण कोरियाली जासुस विभागले भने उक्त समाचार पुष्टी गरेको छैन ।
जो आफ्नो कार्यकारी राजदुतको कार्यकाल सकिनै लाग्दा सन् २०१८ मा एकाएक सम्पर्क बाहिर रहेका थिए । उनले इटाली सरकारको सहयोगमा अन्य देशमा शरण खोजिरहेको समेत बताइएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस