सोल – दक्षिण कोरियाले आगामी अक्टोबर १३ बाट मास्क नलगाउनेहरुलाई आर्थिक कारवाही सुरु गर्ने भएको छ । कोरोना भाइरस संक्रमणबाट बच्न र बचाउनका लागि उक्त निर्णय गरिएको सरकारी अधिकारीले बताएका छन् ।
रोग तथा संक्रमण नियनत्रण एजेन्सी दक्षिण कोरियाका अनुसार अब हरेक ब्यक्तिले सार्वजनिक बसमा यात्रा गर्दा, हस्पिटल भ्रमण गर्दा, जुनसुकै प्रकारका सार्वजनिक स्थलमा जाँदा मास्कको प्रयोग अनिवार्य गर्नुपर्ने छ । यदि सरकारी नियमको अवज्ञा गरेको पाइएमा ८५ अमेरिकी डलर अर्थात १ लाख वन जरिमाना तिर्नुपर्ने छ ।
१४ बर्ष भन्दा मुनिका तथा स्वास प्रस्वाससँग सम्बन्धित रोग भएकाहरुका हकमा भने मास्क अनिवार्य गरिएको छैन यद्यपी ति उमेर समुहका ब्यक्तिहरुलाई सार्वजनिक कार्यक्रम तथा स्थलहरुमा नजान सरकारले अनुरोध गरेको छ । एजेन्सीका अनुसार नाक मुख पुरा नढाकी मास्क लगाउनेलाई समेत उक्त रकम जरिमाना गरिने छ ।
सरकारी अधिकारीका अनुसार सल, स्कार्फ, लगायतका भाइरस रोक्न नसक्ने प्रकारका कपडाको प्रयोग गर्ने समेत जरिमानाका भागिदार हुने छन् ।
अक्टोबर १३ बाट नोभेम्बर १३ सम्म सरकारले मास्क लगाउने अभियान सुरु गर्न लागेको हो । सरकारले स्थानीय निकायलाई नोभेम्बर १३ पश्चात आवश्यकता अनुसार उक्त मास्क लगाउने नियमको समय हेरफेर गर्न सक्ने अधिकार दिएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस