सोल – उत्तर कोरियामा रहेका दक्षिण कोरियाली नागरिकहरुका आफन्तहरुका लागि दक्षिण कोरियाबाट पठाइएका २३ हजार बढी भिडियो सन्देशहरु हाल सम्म उनीहरुको हात नलागेको समाचारमा बताइएको छ । बिगत १५ बर्षबाट लगातार पठाइएका ती सन्देशहरु हालसम्म हात नलागेको सरकारी रिपोर्टमा भनिएको छ ।
दक्षिण कोरियाली एकिकरण मन्त्रालयले त्यहाँको राष्ट्रिय सभालाई बुझाएको प्रतिवेदन अनुसार सन् २००५ यता २३०७२ वटा भिडियो सन्देश उत्तर पठाइएता पनि हालसम्म एक पनि सन्देश आफन्त सम्म नपुगेको मन्त्रालयले पठाएको प्रतिवेदनमा भनिएको छ । २० परिवारले भने भिडियो टेप र सिडी मार्फत सन्देश पठाएको र पाएको मन्त्रालयले बताएको छ ।
उत्तर र दक्षिण कोरियाले सन् २०१८ मा छुटेका परिवारहरु बिच भेटघाट तथा पुनर्मिलन कार्यक्रम आयोजना गरेका थिए । त्यस यता छुटेका परिवार भेटाउने कुनै पहल नभएको समेत मन्त्रालयले बताएको छ ।
सन् १९५०-५३ को कोरियाली युद्ध पश्चात दशौँ हजार मानिसहरु आफ्नो देश तथा परिवार बाहिर रहेको बताउदै मन्त्रालयले सुरक्षित भिडियो सम्मेलन मार्फत उनीहरुलाई भेटाउन आफू तयार रहेको बताएको छ ।
मन्त्रालयका अनुसार पारिवारिक मिलनका लागि दर्खास्त दिने ८० प्रतिशत बढीको उमेर हाल ७० बर्ष काटिसकेको समेत मन्त्रालयले उल्लेख गरेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस