मस्को-रसिया र दक्षिण कोरियाबीचको द्विपक्षीय व्यापार करिब २५ अर्ब डलर बराबर पुगेको रुसी विदेश मन्त्री सर्गेई लाभरोभले बताएका छन ।
दक्षिण कोरियाली समाचार संस्था यन्ह्यापसँग कुरा गर्दै विदेश मन्त्री लाभरोभले रसियाका लागि दक्षिण कोरिया अहिले एउटा प्रमुख आर्थिक तथा व्यापारिक साझेदारका रुपमा उदाएको बताए ।
उनले दुबै देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप विस्तार गर्नेतर्फ कार्यहरु निकै द्रुत गतिमा अगाडि बढेको बताउँदै कोरोनाभाइरसको परिस्थितिमा केही सुधार हुनासाथ रुसी राष्ट्रपतिले दक्षिण कोरियाको भ्रमण गर्ने सम्भावना रहेको पनि खुलासा गरे।
विदेश मन्त्री लाभरोभले कोरियाली प्रायःद्वीपमा शान्तिपूर्ण अवस्थाको निर्माण गरी उत्तर कोरिया, दक्षिण कोरिया र रसिया सम्मिलित त्रिदेशीय आर्थिक साझेदारी निर्माण गर्नुपर्ने पक्षमा रसिया रहेको बताए ।
सन् २०१८ मा दक्षिण कोरियाली राष्ट्रपति मून जाए–इनको रसियाको औपचारिक भ्रमण समेतका उच्चस्तरीय भ्रमणले दुई देशबीचको सम्बन्धलाई नयाँ उचाईमा लैजान मद्दत गरेको उनले बताए ।
दक्षिण कोरिया र रसियाबीच कुटनीतिक सम्बन्ध स्थापना भएको ३० वर्ष पुगेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस