बेइजिङ- चीनको एक कोइला खानीमा कार्बन मोनोअक्साइड ग्याँसका कारण कम्तीमा पनि १६ जना मजदुरको ज्यान गएको छ । दक्षिणपश्चिमी चीनको एक खानीमा सो दुर्घटना भएको बताइएको छ । चिनियाँ सरकारी टिभी सिसिटिभीले सो कुराको जानकारी गराएको हो ।
सो खानीमा कार्बन मोनोअक्साइड ग्याँस विस्फोट भएको र जसका कारण ती मजदुरहरु भाग्न नसकेर च्यापिएर ज्यान गएको बताइएको छ ।आइतबार बिहान सो दुर्घटना भएको थियो । यस दुर्घटनामा परेर अरु पनि मजदुरहरु सो खानीमा च्यापिएको अनुमान गरिएको छ ।
उद्धारकर्मीहरुले स्वास्थ्यकर्मी तथा औषधिसहितको टोली समेत लिएर त्यहाँ पुगेका थिए । उनीहरुले खानीबाट उद्धार गरिएका नागरिकलाई उपचार गरेर बचाउने प्रयास गरेका थिए ।
तर पनि १६ जनाको सो खानीभित्रै ज्यान गएको थियो । एक जनालाई उद्धार गरेर बाहिर निकालिएको थियो । अरु पनि सो खानीमा मजदुरहरु परेको हुनसक्ने आशंकामा उद्धारको कार्य जारी राखिएको बताइएको छ ।
चीनमा खानी दुर्घटनामा परी वर्षेनी ठूलो संख्याका नागरिक ज्यान गुमाउन बाध्य हुने गर्दछन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस