काठमाडौं – विश्वभरिका दुई तिहाइ जनसङ्ख्या प्रतिनिधित्व गर्ने १५६ देशले कोरोनाभाइरस विरुद्धको खोपको साझा विकास र उचित वितरण अभियान कोभ्याक्समा सहभागिता जनाएको विश्व स्वास्थ्य सङ्गठनले बताएको बिबिसीले जनाएको छ।
तर उक्त अभियानमा अमेरिका र चीन सामेल छैनन्। सो अभियानका लागि पर्याप्त स्रोत जुटि नसकेको पनि बताइएको छ।
साझा अभियान
कोभ्याक्स नामक उक्त सुविधाले भावी खोप वितरणमा गरिब मुलुकहरूलाई सहजीकरण गरिदिनेछ। कोभ्याक्स अन्तर्गत अर्को वर्षको अन्त्यसम्म दुई अर्ब मात्राको खोप उपलब्ध गराइने आशा गरिएको छ तर अझैपनि उसले पर्याप्त स्रोत जुटाइसकेको छैन।
डब्लूएचओका महानिर्देशक टेड्रस एडह्यानम गेहब्रेयससले सबै देशका केहीलाई खोप लगाउनु उत्तम रणनीति हुने बताए।
खोप
महामारीबाट सबभन्दा छिटो पार पाउने हो भने कुनै देशका सबैलाई खोप लगाउने तरिका सही नहुने उनले बताए।
“यो सबै देशको उत्तम स्वार्थसँग मिल्छ। या त हामी सबै सँगै डुब्छौँ या सबै सँगै पौडेर पार पाउँछौँ। यो महामारीबाट उम्कने र तीव्र आर्थिक सुधारमा लाग्ने छोटो बाटो भनेको कुनै देशका सबैलाई खोप लगाएर होइन कि सबै देशका केहीलाई खोप लगाएर हो,” उनले भने।
कोभ्याक्स अन्तर्गत स्वास्थ्यकर्मी, वृद्धवृद्धा तथा पुरानो रोग रहेका र जोखिममा रहेकाहरूलाई खोपमा प्राथमिकता दिइने बताइएको छ।
अधिकांश धनी देश सामेल भएपनि अमेरिका र चीनले भने कोभ्याक्समा सहभागिता जनाएका छैनन्।
अमेरिकाले द्वीपक्षीय लेनदेनमा रुचि देखाउँदै आफ्नै जनतालाई आपूर्ति गर्नमा ध्यान केन्द्रित गर्ने भनेको छ। चीनले चाहिँ डब्लूएचओसँग कुराकानी भइरहेको बताएको छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस