सोल – दक्षिण कोरियामा कोरोना संक्रमणका कारण स्थायी कामदार भन्दा अस्थायी तथा करारका कामदारहरुको जागिर गुमाउने दर उच्च देखिएको छ ।
हालै गरिएको एक अध्ययन अनुसार प्रत्येक ३ अस्थायी तथा करारका कामदार मध्ये १ जनाको रोजगार गुमेको छ ।
अधिवक्ताहरुको समुह ‘गाब्जील ११९’ ले हालै १ हजार जनामा गरेको एक अध्ययन अनुसार १५.१ प्रतिशतले कोरोना संक्रमणका कारण आफूहरुले जागिर गुमाएको बताएका छन् ।
उक्त संख्या मध्ये करिव ३२ प्रतिशत करारका कामदारहरुले संक्रमणकै कारण रोजगारी गुमेको बताएका छन् भने ४.३ प्रतिशत पूर्णकालीन कामदारहरुले समेत जागिर गुमेको बताएका छन् ।
त्यस्तै गरि करिव ३० प्रतिशतले आफ्नो आमदानी १५ लाख वन भन्दा कम रहेको बताएका छन् भने ३ प्रतिशतले आफ्नो आमदानी ५० लाख वन आसपास रहेको बताएका छन् । उक्त अध्ययन अनुसार जागिर गुमाउनेहरु मध्ये २१ प्रतिशतलाई राजिनामा दिन लगाइएको छ भने १९.९ जनालाई स्वेच्छिक अवकास दिइएको छ ।
उक्त अध्ययन अनुसार १९.२ प्रतिशतको करार अवधि सकिएका कारण रोजगार गुमेको छ भने १३.२ प्रतिशतको ब्यवस्थापकीय समस्याका कारण रोजगारी गुमेको छ ।
रोजगार गुमाउने मध्ये ८० प्रतिशतले बेरोजगार सुविधा नपाएको बताएका छन् भने ५४ प्रतिशतले रोजगार बीमा कार्यक्रममा सहभागी नभएका कारण सुविधा पाउनबाट बञ्चित भएका छन् ।
उक्त अध्ययन अनुसार कोरोना संक्रमणको पछिल्लो ८ महिनामा बेरोजगारीको समस्या बाहेक मानिसहरुमा मानसिक समस्या आएको पाइएको बताएको छ । उक्त अध्ययनमा सहभागी अधिकांशले आफूहरुमा मानसिक समस्या सुरु भएको बताएका छन् । अनिद्रा, तनाव लगायतका समस्याहरु आफूमा आएको उनीहरुले बताएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस