सोल – दक्षिण कोरियामा कोरोनाबाट बढी प्रभावित बनेका साना तथा मझौला व्यवसायीहरुलाइ सहयोग गर्न सरकारले ऋण ब्यवस्थामा परिमार्जन गर्ने भएको छ । आकस्मिक ऋण योजना अनुरुप अब साना तथा मझौला ब्यवसायीहरुले सरल रुपमा ऋण पाउने भएको सरकारको अर्थ मन्त्रालयका अधिकारीले बताएका छन् ।
अर्थ राज्यमन्त्री किम योङ ब्योमका अनुसार हालको नयाँ ब्यवस्था अनुसार अब ब्यवसायीले १० मिलियन वोनबाट सिधै २० मिलियन वोन सम्म लोन निकनल्न सक्ने छन् । सरकारको गत मार्च महिनामा लागु भएको १० मिलियन वोन योजनामा सहभागी भएर लोन लिएकाहरुले समेत थप १० मिलियन लोन लिन सक्ने राज्यमन्त्री किमले बताए ।
ब्यवसायीले सरकारलाइ उपलब्ध गराएको आफ्नो ब्यापारिक क्षतिको आधारमा उक्त लोन लिन सकिने उनले बताएका छन् । लोन ब्यवस्थापनका लागि बिभिन्न १२ बैंकहरुसँग सहकार्य गरिने समेत उनले बताएका छन् । साना ब्यापारिहरुका हकमा भने सरकारसँग क्षतिको विवरण उपलब्ध नभएका कारण उनीहरुले उपलब्ध गराएको बिवरणका आधारमा सहुलियत दिइने राज्यमन्त्री कीमले बताएका छन् ।
पछिल्लो पटक कोरोना संकट बढे पश्चात सरकारले देशब्यापि निषेधाज्ञा लागु गरेपछि देशभरका साना तथा मझौला व्यवसायीहरु आर्थिक रुपमा धरासायी बनेका छन् । संकट बढ्दै गएपछि सरकारले चौथो पटक ७.८ ट्रिलियन वोनको पुरक बजेट समेत ल्याइसकेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस