सोल – पछिल्ला दिनहरुमा दक्षिण कोरियामा बस्ने बिदेशी नागरिकहरुले नयाँ समस्या झेल्नु परिरहेको छ ।
नयाँ नम्बरबाट फोन तथा मेसेज आउने र आफ्नो बैङ्क खाता नम्बर मागिने गरिएको उनीहरुले बताएका छन् ।
पिडितहरुका अनुसार कोरोना महामारीबाट राहत पाउन सरकारले दिने भनेको सहयोग रकम उपलब्ध गराउनका लागि भन्दै खाता नम्बर मागिएको पिडितहरुले बताएका छन् ।
मंगोलियाका एक नागरिकले भने- “सरकारले उपलब्ध गराउने भनेको राहत पाउनका लागि फारम भर्न भन्दै पटक पटक फोन आएपछि मैले एक कोरियाली साथिलाई उक्त घटना बारे सोधेँ । उनकै सल्लाहमा त्यस्ता कल र मेसेजको रिप्लाई गर्न बन्द गरिदिएँ ।” जुलियन एक प्रतिनिधि पात्र मात्र हुन । हाल उनी जस्तै कैयौँ बिदेशी नागरिकहरु यस किसिमका समस्याबाट पिडित बनेका छन् ।
यता सरकारले भने उक्त घटना केही फटाहाहरुले गराएको भन्दै त्यस्ता फोन तथा मेसेजको पछि नलाग्न भनेको छ ।
राहतका लागि आफू स्वयं ले भरेको फारम मात्र मान्य हुने भन्दै सरकारले त्यस्ताको पछि नलाग्न भनेको हो । सरकारले कसैलाई कल अथवा मेसेज नगरेको र नगर्ने समेत सरकारले स्पष्ट पारेको छ ।
हाल सोल महानगर सरकारले त्यस प्रकृतिका उजुरीहरु प्रसस्त प्राप्त गरिरहेको भन्दै उक्त समस्या समाधान गर्न सरकार लागि परेको बताएको छ ।
हाल सम्म ५४ हजार बढी त्यस किसिमका उजुरी आएको जसमध्ये २२ सय बढी बिदेशी नागरिकहरुको रहेको र यो संख्या बढ्दै गइरहेको सरकारले बताएको छ ।
बिदेशी नागरिकमा कोरियाली भाषागत सीपको अभावका कारण बढी प्रभाव पर्न सक्ने तर्फ सरकार सचेत रहेको बताउदै त्यस्ता गतिविधि गर्ने विरुद्ध साइबर अपराध अन्तरगत कारवाही गरिने समेत सरकारी अधिकारीले बताएका छन् । सहयोग आवश्यक परेमा ११२ तथा १३३२ मा फोन गर्न समेत सरकारले भनेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस