सोल -दक्षिण कोरियाली औषधी उत्पादक कम्पनि सेल्ट्रियनले कोरोना भाइरससँग लड्न तयार गरिएको औषधी सीटीपी ५९ को पहिलो चरणको परिक्षण सफल भएको बताएको छ ।
३२ जनामा परिक्षण गरिएको एण्टीबडी औषधीले पहिलो चरणको ट्रायलमा सफलता पाएको कम्पनिले घोषणा गरेको हो ।
कम्पनिले पहिलो चरणको सफलतासँगै दोश्रो र तेश्रो चरणको परिक्षणको तयारी थालेको समेत बताएको छ । कम्पनिका अनुसार उक्त परिक्षण विश्वका १२ बढी देशका ५०० बढी मानिसहरुमा गरिने छ र परिक्षणका मोडलहरु विश्वका ७ वटा देशहरुलाई पठाइसकिएको समेत कम्पनिले बताएको छ ।
कम्पनिले कुन कुन देशमा ट्रायल गरिने भन्ने बारे केही नबोले पनि सार्स कोभिड २ प्रभावित देशहरुमा उक्त परिक्षण गरिने कम्पनिले बताएको छ । कम्पनिका अनुसार सन् २०२० को अन्त्य सम्ममा उक्त दोश्रो र तेश्रो चरणको परिक्षण सम्पन्न गरेर २०२१ बाट औषधी उत्पादनमा लाग्ने समेत बताएको छ ।
सीटीपी ५९ औषधी को उत्पादन सेल्ट्रियन तथा रोग तथा प्रकोप नियन्त्रण केन्द्रको संयुक्त लगानीमा गरिएको हो । पहिलो चरणको परिक्षणमा कुनै प्रकारका नकारात्मक असर नदेखिइकन नै एण्टीबडी उत्पादनमा सहयोगी भएको कम्पनिले बताएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस