सोल – दक्षिण कोरियाले सोमबार यस बर्षकै ठूलो समुद्री आँधी हैसेनको सामना गरेको छ । देशको दक्षिण सिमा हुँदै गएको उक्त आँधीले छेजु आइल्याण्ड क्षेत्रमा ठूलो क्षति पुर्याएको समाचारमा बताइएको छ ।
आँधीमा परि १ जना हराइरहेका छन् भने सैयौँको संख्यामा मानिसहरु घाइते भएका छन् । देशको दक्षिणी क्षेत्रमा सडक यातायात अबरुद्ध भएको छ भने धेरै स्थानमा भौतिक क्षति तथा विद्युत सेवा अबरुद्ध भएको छ ।
बिहान ९ बजेबाट सुरु भएको उक्त आँधी ६० किमी प्रतिघण्टाको रफ्तारमा आएको थियो । आँधीका कारण उल्सन, छेजु, ग्याङवान, बुसन, जियोङ्जी, उत्तरी ग्योङसाङ लगायतका क्षेत्रमा बढी प्रभाव परेको छ । ति क्षेत्रका आणविक प्लान्टहरु बन्द गरिएका छन् भने २ वटा पावर टर्वाइनहरु समेत बन्द गरिएका छन् ।
देशको केन्द्रीय आपतकाल व्यवस्थापन विभागका अनुसार आँधीका कारण १०८७ घर परिवार बिस्थापित भएका छन् । ३७ बढी राजमार्गहरुमा सवारी आवागमनमा बन्देज लगाइएको छ भने दक्षिण र पूर्व जोड्ने रेलसेवा समेत बन्द गरिएको छ ।
आँधीकै कारण ११८ वटा फेरी, ६०७ वटा पदमार्ग, २१ वटा राष्ट्रिय निकुञ्ज तथा २९८ वटा आन्तरिक उडान समेत बन्द गरिएका छन्
उक्त आँधीका कारण जापानमा समेत ब्यापक क्षति भएको बताइएको छ । ५० भन्दा बढी ब्यक्तिहरु घाइते भएका छन् भने ठूलो संख्यामा धनमालको क्षति भएको जापानी समाचार संस्थाहरुले बताएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस