सोल – दक्षिण कोरियामा कोरोना संक्रमणको दोश्रो लहर सुरु भएसँगै जारि गरिएको सामाजिक दुरी नियमका कारण जनजीवनमा नकारात्मक प्रभाव पर्न थालेपछि सरकारले राहत प्याकेजको ब्यवस्था गर्ने तयारी थालेको छ ।
कोरोनाका कारण प्रभावित जनता तथा व्यवसायीहरुलाई राहत उपलब्ध गराउन सरकारले ५.८८ बिलियन अमेरिकी डलर बराबरको थप बजेट ल्याउने भएको छ ।
दक्षिण कोरियाली प्रधानमन्त्री चुङ सेई क्युन, उपप्रधानमन्त्री होङ नाम की, डेमोक्रेटिक पार्टी अध्यक्ष ली नाक यो, राष्ट्रपति कार्यालयका योजना प्रमुख किम साङ् जो लगायतका उच्च पदस्थ अधिकारीहरुको संयुक्त बैठकले पुरक बजेट ल्याई जनतालाई राहत उपलब्ध गराउनु पर्ने बताएका हुन् ।
बैठक पछि बोल्दै डेमोक्रेटिक पार्टी अध्यक्ष ली नाक योले हाल निर्णय भएको पुरक बजेटले पिडित जनतालाई न्याय गर्न सक्नु पर्ने बताएका छन् ।
प्राथमिकिकरण गरेर वास्तविक प्रभावितहरुलाई महसुस हुने गरि राहत वितरण गरिनु पर्नेमा उनले जोड दिएका छन् । कुनै पनि नागरिकले आफूमाथि अन्याय परेको महसुस नगर्ने गरि राहत रकम वितरण गरिनु पर्ने उनले बताएका छन् ।
सरकारले आगामी सेप्टेम्बर १५ मा उक्त बजेट प्रमाणीकरणका लागि राष्ट्रिय सभामा लैजाने भएको छ । यो सँगै सरकारले ५९ बर्ष पछि पहिलो पटक चारवटा पुरक बजेट ल्याउने भएको हो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस