सोल – कोरोना संक्रमणका कारण सिङ्गो अर्थ व्यवस्थामा प्रत्यक्ष असर परिरहेका बेला दक्षिण कोरियाको कृषि क्षेत्रमा भने सकारात्मक सुधार देखिएको छ । महामारीकै बीच पनि दक्षिण कोरियाको कृषि जन्य पदार्थको निर्यातमा बृद्धी भएको छ ।
दक्षिण कोरियाको कृषि, खाद्य तथा ग्रामीण मन्त्रालयका अनुसार यस बर्षको जनावरी बाट अगष्ट महिनासम्म आइपुग्दा गत बर्षको सोही अवधिको तुलनामा कृषिजन्य पदार्थको निर्यातमा ४.९ प्रतिषतले बृद्धी भएको छ । सो अवधिमा दक्षिण कोरियाबाट करिव ४.८५ बिलियन डलर बराबरको कृषिजन्य पदार्थको निर्यात भएको छ ।
सरकारी तथ्याङ्क अनुसार कोरोना संक्रमणका कारण देशको कुल निर्यातमा १०.१ प्रतिशतले घटेको छ । यता किम्चीको निर्यातमा भने ब्यापक प्रगति भएको छ । विगतको तुलनामा किम्ची निर्यातमा ४०.३ प्रतिशतले बृद्धी भएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो समयमा संक्रमण तीब्र गतिमा फैलिदै जाँदा मानिसहरु खाद्य सुरक्षामा ध्यान दिन थालेको तथा स्वस्थ खानपानमा ध्यान दिने गरेका कारण कृषिजन्य पदार्थको निर्यात बढेको हो ।
दक्षिण कोरियामा निर्माण भएका तयारी नुडल्सको निर्यातमा समेत ब्यापक बृद्धी भएको छ । गत बर्षको तुलनामा यसको निर्यातमा ३६ प्रतिशत भन्दा बढीको फरक पाइएको छ ।
दक्षिण कोरियाको कृषिजन्य पदार्थको निर्यात बढ्नुमा युट्युवरहरुको समेत महत्वपूर्ण हात रहेको समेत मन्त्रालयले बताएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस