सोल -उत्तर कोरियाका लागि संयुक्त राष्ट्रसंघका प्रतिनिधिले राजनैतिक बन्दि बनाइएका नागरिकलाई निशर्त रिहा गर्न ध्यानाकर्षण गराएका छन् । पछिल्लो पटक भेनेजुएलाले आफ्ना जेलहरुमा रहेका राजनैतिक बन्दिहरुलाई रिहा गरे लगत्तै उनले सो धारणा राखेका हुन् ।
संयुक्त राष्ट्रसंघका उत्तर कोरिया प्रतिनिधि थोमस ओएजा क्विन्टानाले आफ्नो ट्वीटर मार्फत भेनेजुएलाले पछिल्लो पटक रिहा गरेका १०० राजनैतिक बन्दिहरु सम्बन्धि ट्वीटलाई उनले रिट्वीट गर्दै आफ्नो धारणा सार्वजनिक गरेका हुन् ।
प्रजातान्त्रिक जनवादी गणतन्त्र कोरियाले पनि भेनेजुएलाले जस्तै राजनितिक बन्दिहरुलाई रिहा गर्नु पर्छ भन्दै उनले बृद्ध, बिरामी, अशक्त, केटाकेटी तथा गर्भावतिहरुलाई पहिलो प्राथमिकतामा राख्दै रिहा गर्नु पर्नेमा जोड दिएका छन् ।
यता उत्तर कोरियाले भने आफ्नो देशमा मानव अधिकार उल्लङ्घनका घटनाहरु नभएका तथा संयुक्त राष्ट्रसंघले भने जस्तो राजनैतिक बन्दि नभएको र उनीहरुलाई राख्ने क्याम्प पनि नभएको बताएको छ ।
संयुक्त राष्ट्रसंघले भने ८० हजार देखि १ लाख २० हजार त्यस्ता बन्दि उत्तर कोरियामा रहेको तथ्याङ्क आफूसँग रहेको बताएको छ ।
मानव अधिकारबादी अर्को अन्तराष्ट्रिय संगठन एमनेष्टि इन्टरनेशनलले पनि उत्तर कोरियाले बन्दिहरुलाई क्रुर यातना दिने, श्रम कैद गर्ने, गाली बेज्यति गर्ने लगायतका कार्यहरु गरिरहेको आरोप लगाएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस