सोल – उत्तर कोरियाले विश्वव्यापी महामारी कोरोना संक्रमणको बेवास्ता गर्दै ठूलो सैन्य प्रदर्शनको तयारी थालेको छ ।
सत्तारुढ वर्कर्स पार्टीको स्थापनाको ७५ औँ बार्षिकोत्सवको अवसरमा उक्त प्रदर्शन तयारी गरिएको उत्तर कोरिया केन्द्रित अमेरिकी वेवसाइटले जनाएको छ ।
पछिल्लो पटक अगष्ट ३१ मा संकलन गरिएका तस्विरहरुमा राजधानी प्योङयाङ स्थित मिरिम आर्टफिल्डमा ब्यापक सैन्य प्रदर्शन तयारी गरिएको पाइएको हो ।
अक्टोबर १० तारिखमा हुने उक्त कार्यक्रमका लागि किम २ सङ स्क्वायर क्षेत्रमा सैयौँको संख्यामा सैन्य सवारीसाधन तथा लामबद्ध सैनिकहरुका परेड टोली स्पष्ट देख्न सकिने तस्विरहरु पाइएको उक्त वेवसाइटले बताएको छ ।
बिगतका बर्षहरु भन्दा केही ढीला गरि सुरु गरिएको उक्त सैन्य अभ्यास पहिले जस्तै भब्य रुपमा सञ्चालन गरिन सकिने देखिएको छ । कोरोना संक्रमण तथा पछिल्लो पटक बाढी तथा सामुद्री आँधीका कारण उक्त अभ्यास केही ढीला सुरु गरिएको जानकारहरु बताउछन् ।
समाचार अनुसार उत्तर कोरियाले हरेक सैन्य परेडका बेला आफ्ना शक्तिशाली हतियार प्रदर्शन गर्ने गर्दछ ।
यस बर्ष पनि सोही कार्यको निरन्तरता हुन सक्ने अनुमान गरिएको छ ।
किम जोङ उन सहितका अन्य विषिष्ट अधिकारिको उपस्थिति रहने उक्त कार्यक्रमको सुरक्षाका लागि १०० भन्दा बढी सुरक्षा पोष्ट खडा गरिएको समेत अधिकारीहरुले बताएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस