वासिङ्टन,-अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै पद त्याग गरेका जापानका प्रधानमन्त्री सिन्जो आबेलाई जापानको इतिहासकै सवैभन्दा राम्रो प्रधानमन्त्रीको संज्ञा दिएका छन् ।
दुई नेताबीचको टेलिफोन कुराकानीका क्रममा ट्रम्पले आबेको प्रशंसा गर्दै राम्रो प्रधानमन्त्रीको संज्ञा दिएका हुन् ।
जापानका तत्कालिन प्रधानमन्त्री ६५ बर्षीय आबेले गत शुक्रबार पद त्यागेको घोषणा गरेका थिए ।
आफ्नो अस्वस्थताका कारणले गर्नु पर्नेजति काम गर्न नसकेको र त्यसले देश र जनतालाई हानी पु¥याउन लागेको भन्दै उनले राजीनामा दिएका थिए।
अझै झण्डै साढे एक बर्ष कार्यकाल बाकी रहेकै बेला पद त्यागको घोषणा गरेका आबे जापानको इतिहासमा सवैभन्दा धेरै समय प्रधानमन्त्री बन्ने नेता पनि हुन् ।
गत आइतबार राति ट्रम्पले फोन गरेपछि दुई नेताले पछिल्लो चार वर्षमा आफूहरुका बीचमा भएका सहकार्य, भेटघाट र वार्तालापहरुको स्मरण पनि गरेका थिए।
आबेले पद त्यागको घोषणा गरेपछि उनिहरुका बीचमा पहिलो पटक कुराकानी भएको अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाईट हाउसले जनाएको छ ।
राष्ट्रपति ट्रम्पले जापानमा आबे प्रधानमन्त्री भएको बेलामा जापान र अमेरिकाबीचको सम्वन्ध सुमधुर रहेको उल्लेख गरे ।
उनले जापान–अमेरिका सम्वन्ध आगामी दिनमा पनि थप सुदृढ हँुदै जाने विश्वास व्यक्त गर्दै जापानलाई राम्रो बनाउन आबेको अति महत्वपूर्ण भूमिका रहेको दावी गरे ।
आबेको कार्यकाल अर्को बर्ष सन् २०२१ को सेप्टेम्बरसम्मका लागि थियो । उहाँले पद त्याग गरेपछि जापानमा अहिले नयाँ प्रधानमन्त्री चयन गर्ने प्रक्रिया चलिरहेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस