सोल – दक्षिण कोरियामा आगामी हप्ता पुन: अर्को शक्तिशाली समुद्री आँधी ‘मेइसक’ आउने त्यहाँको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
प्रशान्त महासागरको फिलिपिन्स पूर्वबाट सुरु भएको आँधी आगामी हप्ता दक्षिण कोरिया आइपुग्ने मौसम विभागले जनाएको हो ।
दक्षिण कोरियाबाट ९७० किलोमिटर उत्तर पूर्वबाट सुरु भएको आँधी हाल समुद्री क्षेत्रमा ३ किमी प्रति घण्टा तथा ८३ किमी प्रति घण्टा वायु वेग सहित अगाडी बढीरहेको विभागले जनाएको छ ।
उक्त आँधीले दिशा नबदलेमा थेगु क्षेत्रमा बाढी पहिरो जान सक्ने विभागले जनाएको छ ।
विभागले दिएको जानकारी अनुसार उक्त आँधी आउदो मंगलवार सम्ममा दक्षिण कोरियाबाट करिव २९० किमी टाढा रहेको जापानको ओकिनावा क्षेत्रमा आइपुग्ने तथा छेजु क्षेत्रमा बुधबार र बुसान क्षेत्रमा बिहिबार बिहानसम्ममा आइपुग्ने छ ।
दक्षिण कोरियाली क्षेत्र तर्फ आउदै गर्दा आँधी थप शक्तिशाली बन्दै जाने बताउदै विभागले देशका उत्तरी छल्ला, दक्षिणी छल्ला तथा थेगु क्षेत्रमा भारी बर्षा हुन सक्ने समेत बताएको छ ।
विभागले उक्त समुद्री आँधी दक्षिण कोरियामा यस बर्ष आएको नवौँ रहेको बताउदै बाढी, पहिरो, सडक अबरुद्ध, हवाई तथा रेल सेवा समेत अबरुद्ध हुन सक्ने भन्दै सम्बन्धित सबै पक्षलाई सतर्क रहन समेत आह्वान गरेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस