रासस- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आँधी प्रभावित क्षेत्रको पछिल्लो अवस्थाबारे अध्ययन गर्न जाने बताइएको छ । उनले ती प्रभावित क्षेत्रको यसै हप्ताको अन्त्यसम्ममा भ्रमण गर्ने समाचारमा जनाइएको हो ।
उनले आँधीका कारण सो क्षेत्रमा तत्काल भ्रमण गर्नका लागि आफूले रिपब्लिकन पार्टीको राष्ट्रिय भेलालाई गर्न लागेको सम्बोधनको कार्यक्रम पछि सार्न खोजेको बताएका थिए ।
उनले आँधी निकै ठूलो भएकोले तत्काल जान नसकिएको भन्दै अब भने कमजोर भएकोले अब छिट्टै गइहाल्ने बताएका छन् ।
अमेरिकाका लुजियाना र टेक्सासमा करिब २४० किलोमिटर प्रतिघण्टाको गतिमा आएको हावाहुरीले निकै क्षति पु¥याएको समाचारमा जनाइएको छ । यो आँधीले पाँच लाख घरपरिवारमा बिजुलीको आपूर्ति अवरुद्ध भएको छ भने एउटा औद्योगिक रसायन कारखानामा पनि आगलागी भएको जनाइएको छ ।
समाचारका अनुसार अहिले सो आँधी कमजोर बनेको बताइएको छ । अमेरिकामा आएको यो शक्तिशाली समुद्री आँधीका कारण लुइजियाना राज्यमा बढी क्षति पुगेको बताइएको छ ।
‘लोरा’ नामक आँधीले पु¥याएको क्षतिको आँकलन गर्ने काम भइरहेको बताइएको छ । लुइजियानास्थित एक रसायन कारखानामा आगलागी भएपछि स्थानीय मानिसहरूलाई त्यहाँ सतर्क रहन भनिएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस