सोल – दक्षिण कोरियाको राजधानी सोलस्थित सार्बजनिक बस चालकमा कोरोना संक्रमण पाइए पश्चात सरकारले २ वटा रुटका सार्बजनिक सवारीलाई अस्थायी रुपमा पूर्ण रुपले बन्द गराएको छ ।
बोसियोङ यातायातका सार्बजनिक बस सञ्चालन गर्ने २ जना चालक तथा एक सहचालकमा संक्रमण पाइए पश्चात उनीहरुको सम्पर्कमा आएका अन्य १९२ जनाको परिक्षण गरिएको थियो । समाचार अनुसार अन्य १८९ जनाको भने नतिजा नेगेटिभ आएको छ ।
६५१२ र ५६१८ नम्बर रुटमा चल्ने ति बसहरुलाई अन्य रुटमा ब्यवस्थापन गर्ने तयारी गरिएको पनि बस सञ्चालकहरुले बताएका छन् ।
यता दक्षिण कोरियाली सरकार कोरोना संक्रमण तीब्र गतिमा फैलिन थाले पछि पहिलो पटक लकडाउन गर्ने मनस्थितिमा पुगेको छ । कडा सामाजिक दुरी जारी राखेको सरकारले संक्रमण दरमा कमी नआए र दोश्रो लहर बढे सँगै अझ कडा रुपमा लकडाउन सम्मको बिकल्पका बारेमा छलफल थालेको छ ।
पछिल्ला दिनहरुमा कोरोना नियन्त्रण गर्न भौतिक दुरीलाई कडाई गर्ने, मास्क अनिवार्य गर्ने जस्ता कार्यहरु गरिरहेको सरकारले परिस्थितिको मुल्याङ्कन गर्दै लकडाउन गर्ने सम्मका रणनिति ल्याएको हो ।
बैंक अफ कोरियाले भने सरकारलाई लकडाउनको निर्णय नगर्न सल्लाह दिएको छ । बेरोजगारी समस्या चरम उत्कर्षमा पुग्ने बताउदै बैंकले सामाजिक दुरी कायम राख्ने, मास्क अनिवार्य गर्ने गरेर आर्थिक गतिविधिलाई सञ्चालनमा नै राख्न सल्लाह दिएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस