माले – दक्षिण एसियाको सानो देश मालदिभ्समा पनि कोभिड १९ का सङ्क्रमितहरुको संख्या दिनप्रतिदिन बढ्दै गएको बताइएको छ । राजधानी मालेमा सङ्क्रमितहरुको संख्या छ हजार नाघेको छ ।
दक्षिण एसियाको सानो टापु देश मालदिभ्समा पनि पछिल्लो समयमा कोभिड १९ का सङ्क्रमितहरु बढेका जनाइएको हो ।
कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु हुने व्यक्तिको संख्या २६ पुगेको स्थानीय मिडियाहरुले जनाएका छन् । मालदिभ्सको स्वास्थ्य सुरक्षा निकायका अनुसार संक्रमण हुने व्यक्तिको संख्या ६ हजार ७७९ पुगेको छ ।
संक्रमितमध्ये ४ हजार २२२ जना निको भएर घर फर्किएका छन् । अहिले पनि २ हजार ५३२ जना भने सङ्क्रमित नै रहेका र उपचार गराइरहेका छन् । अधिकारीहरुले बाहिरबाट आएका व्यक्तिहरुबाट कारोना भाइरसको सङ्क्रमण बढ्दै गएको पाइएको पनि बताएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस