सोल – दक्षिण कोरियाली मौसम विभागले शक्तिशाली समुद्री आँधी ‘ताईफून बाभी’ आफ्नो देश तर्फ आउदै गरेको भन्दै सबै नागरिकलाई सतर्क रहन निर्देशन दिएको छ ।
कोरियाली प्रायद्वीप तर्फ अगाडी बढ्दै गरेको उक्त आँधी बुधबार पश्चिमी समुद्र आइपुग्ने मौसम विज्ञान विभागले जनाएको छ ।
विभागले आकष्मिक पत्रकार सम्मेलन गर्दै हाल उक्त आँधी ताइवानको ताइपेई क्षेत्रबाट २० किमी प्रतिघण्टाको रफ्तारमा अगाडी बढी रहेकाले सबै नागरिकलाई सतर्क रहन आग्रह गरेको हो।
ताइपेई कोरियाली प्रायद्वीपबाट २८० किमी उत्तर पूर्वी क्षेत्रमा पर्दछ।
उक्त समुद्री आँधीका कारण ८६ किमी प्रतिघण्टा सम्मको बायुवेग उत्पन्न भएको र बुधवार सम्ममा दक्षिण कोरियाको छेजु टापूसम्म आइपुग्ने विभागले जनाएको छ ।
आँधीसँगै ठूलो बर्षा र बाढीको सम्भावना रहेकाले सबैलाई सतर्क रहन समेत विभागले अनुरोध गरेको छ ।
बिहिबार बिहान सम्ममा राजधानी सोल र आसपासका क्षेत्रमा आइपुग्ने उक्त आँधीले विनाशकारी रुप लिन सक्ने भन्दै ती क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन तथा सुरक्षा तयारी गर्न सम्बन्धित अधिकारीलाई समेत विभागले निर्देशन दिएको छ ।
आँधीका कारण छेजु क्षेत्रमा ३०० मिमिसम्म बर्षा हुन सक्ने तथा सोल र अन्य पहाडी क्षेत्रमा ५०० मिमि सम्म बर्षा हुन सक्ने भन्दै सचेत हुन सम्बन्धित सबै पक्षलाई दक्षिण कोरियाली मौसम विभागले अनुरोध समेत गरेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस