काठमाडौं – फ्रान्समा कोरोनाभाइरस सङ्क्रमणका बिरामी उच्च रफ्तारमा वृद्धि भएको छ । बुधबार चौबीस घण्टामा मात्रै चार हजार ७७१ जना नयाँ सङ्क्रमितको पुष्टि भएको छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार गत् मई महिनापछि पहिलो पटक चार हजारभन्दा सङ्क्रमित पुष्टि भएको हो ।
स्पेन, जर्मनी र इटालीमा पनि गत् अप्रिल र मई महिनापछिको सबैभन्दा बढी सङ्क्रमित फेला परेको छ । स्पेनमा पछिल्लो समय सङ्क्रमणको पुष्टि भएकोमा अधिकांश युवा उमेर समूहका छन् । जर्मनीमा सामाजिक दूरीको पालना नहुँदा र विदेशबाट आउनेमा भएको वृद्धिले सङ्क्रमित बढेको बीबीसीले उल्लेख गरेको छ ।
बेलायतमा यूरोपमै एकैदिनमा सबैभन्दा बढी एक हजार १८२ जना सङ्क्रमितको मृत्यु दर्ता गरिएको छ । मध्य अगष्टपछि सङ्क्रमित हुनको संख्या गति लिएको छ ।
फ्रान्समा सङ्क्रमण दर पनि पहिलेको भन्दा उच्च देखिएको छ । यसअघि अगष्ट सुरुवातमा २.१ प्रतिशत रहेको सङ्क्रमण दर अगष्ट दोस्रो सातामा ३.३ प्रतिशत पुुगेको छ । जुलाइमा भने सङ्क्रमण दर मात्र १.५ प्रतिशत रहेको थियो ।
अधिकारीहरुका अनुसार भाइरसको सङ्क्रमण फ्रान्सको मुख्य शहरका युवामा बढी देखिएको छ ।
स्पेनमा बिहीबार तीन हजार ३४९ जना नयाँ सङ्क्रमितको पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका संकटकालीन संयोजक फर्नान्डो सिमोनले राष्ट्रिय स्तरमा सङ्क्रमण नियन्त्रित देखिएपनि केही क्षेत्रमा अनियन्त्रित भएको इ आइ पेस पत्रिकासँगको कुराकानीमा उल्लेख गर्नुभयो । स्पेनमा गत् साता सङ्क्रमणबाट १३१ जनाको मृत्यु भएको थियो । एक महिना अघिको तुलनामा उक्त संख्या करिब दश गुणा बढी हो ।
जर्मनीमा एकैदिन एक हजार ७०७ जना नयाँ सङ्क्रमितको पुष्टि भएको छ । सङ्क्रमित हुने अधिकांश पारिवारिक जमघट र विदा उत्सवबाट फर्किएकाहरु छन् । जर्मनीको रोबर्ट–कोच इन्स्टिच्युटका अनुसार कोसोभो, टर्की र क्रोएशियाबाट फर्किनेहरुमा सङ्क्रमण दर उच्च छन् ।
इटालीमा पछिल्लो चौबीस घण्टामा ८४५ जना नयाँ सङ्क्रमितको पुष्टि भएको छ । यूरोपेली अन्य राष्ट्रहरुको तुलनामा सङ्क्रमण दर र सङ्क्रमित हुने संख्या बढी नभएपनि गत् मई महिना यताकै उच्च हो । मिलानस्थित सासो अस्पतालका संक्रामक रोग विशेषज्ञ डा. मस्सीमो गल्लीले भने, “हामी फ्रान्स र स्पेन जस्तो खराब अवस्थामा छैनौं, तर अहिलेको स्थिति सन्तोषजनक पनि छैन ।”
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस