काठमाडौं – भारतमा कोभिड–१९ बाट सङ्क्रमित हुनेको संख्या २७ लाख नाघेको छ । गत् सोमबार २६ लाख सङ्क्रमित पार गरेको भारतमा दुई दिनमा एक लाखभन्दा बढी नयाँ सङ्क्रमितको पुष्टि भएको हो ।
भारतको संघीय स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाभाइरसको सङ्क्रमणबाट भारतमा मृत्यु हुने ५१ हजार ७९७ पुगेको छ । पछिल्लो चौबीस घण्टामा भारतमा ८७६ जना सङ्क्रमितले ज्यान गुमाएका छन् । ५५ हजार ७९ जना नयाँ सङ्क्रमित पुष्टि भएको छ । नयाँ थपिएका सङ्क्रमितसँगै हालसम्म भारतमा २७ लाख दुई हजार ७४२ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार भारतमा छ लाख ७३ हजार १६६ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको छ । १९ लाख ७७ हजार ७७९ जना कोरोनामुक्त भएका छन् ।
भारतीय सञ्चारमाध्यम टाइम्स अफ इन्डियाको अनलाइन संस्करणको अनुसार हालसम्म तीन करोड नौ लाख ४१ ह्जार २६४ जनाको नमूना परीक्षण गरिएको छ । जसमध्ये पछिल्लो चौबीस घण्टामा मात्रै आठ लाख ९९ हजार ८६४ जनाको नमूना परीक्षण गरिएको हो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस