सोल – दक्षिण कोरिया प्रवेश गर्ने विदेशी नागरिकमा कोरोना संक्रमण पाइएमा अब टाउको दुखाई बन्न सक्ने भएको छ ।
कोरोना संक्रमण रोक्न बनाइएका विशेष नियमहरुको पालना नगरेको पाइएमा सरकारले नि:शुल्क रुपमा उपलब्ध गराउदै आएको उपचार सुविधा कटौति गर्ने छ र उक्त उपचार शुल्क बिरामी स्वयंले तिर्नु पर्ने भएको छ ।
दक्षिण कोरियाली प्रकोप सुरक्षा विभाग तथा रोग तथा संक्रमण नियन्त्रण केन्द्रले संयुक्त रुपमा उक्त कुरा बताएका हुन् ।
यदि कोही पनि बिदेशी कोरोना संक्रमितले सरकारी आचार संहिता पालना गर्दैन भने उसले उपचारको सम्पुर्ण खर्च आफै बेहोर्नु पर्ने छ, उनीहरुले बताए ।
हाल संक्रमण फैलिन नदिन तथा यर रोगबाट हुन सक्ने क्षतिबाट बच्न सरकारले परिक्षण र उपचार शुल्क आफै बेहोर्दै आइरहेको छ । बिदेशबाट आउनेहरुले आइशोलेशन तथा बसाई खर्च भने आफैले बेहोर्नु पर्दछ |
हाल पनि धेरै बिदेशी नागरिकहरुले सरकारको क्वारेन्टिन नियम उल्लङ्घन गरिरहेको पाइएका कारण सरकारले उक्त नियम परिमार्जन गरेको हो । अगष्ट महिना सुरु भए यता मात्र २४ जनाले सरकारको संक्रमण नियन्त्रण ऐन अन्तरगतका नियम उल्लङ्घन गरेको सरकारी तथ्याङ्क छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस