अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकार रोबर्ट ओब्राइनलाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार केही दिनअघि युरोप भ्रमणबाट फर्किएका ओब्राइनलाई सोमबार कोरोना संक्रमण पुष्टि भएको हो। युरोपमा हुँदा उनले कैयौं विदेशी अधिकारीहरूसँग मास्क नलगाई, भौतिक दूरी पालना नगरी तस्बिर खिचाएका थिए।
राष्ट्रपति कार्यालय ह्वाइटहाउसका थुप्रै कर्मचारीलाई पछिल्लो समय कोरोनाको संक्रमण देखिएको छ। अहिलेसम्म संक्रमण हुनेमध्ये ओब्राइन सबैभन्दा उच्च अधिकारी हुन्।
‘उनलाई सामान्य लक्षणहरू देखिएका छन् र उनी आफूलाई आइसोलेसनमा राखेर काम गरिरहेका छन्। उनीबाट राष्ट्रपति र उपराष्ट्रपतिमा संक्रमण फैलिने जोखिम छैन र राष्ट्रिय सुरक्षा परिषदको काम पनि रोकिएको छैन,’ ह्वाइट हाउसले विज्ञप्ति जारी गर्दै भनेको छ।
अमेरिकामा पछिल्लो समय कोरोनाका संक्रमित दिनदिनै बढिरहेका छन्।
मंगलबारसम्म त्यहाँ ४३ लाख मानिसमा कोरोनाको संक्रमण देखिएको छ भने तीमध्ये १ लाख ४८ हजार ४ सय २२ जनाले ज्यान गुमाएका छन्।
राष्ट्रपति ट्रम्पले सुरूका दिनमा कोरोनाभाइरसको रोकथाम र संक्रमण फैलिन नदिन हेलचक्र्याइँ गरेका थिए। सुरूमा मास्क लगाउनसमेत अस्वीकार गरेका उनले पछिल्लो समय आफूले पनि मास्क लगाउन थालेका छन् भने अरूलाई पनि मास्क लगाउन अनुरोध गरेका छन्।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस