एजेन्सी- अमेरिकी राज्य टेक्सासको ह्युजटनमा आफ्नो महावाणिज्य दूतावास बन्द गराएको बदलामा चीनले पनि आफ्नो देशको दक्षिण पश्चिमी प्रान्त सिचुवानको राजधानी छेन्दुमा रहेको अमेरिकी महावाणिज्य दूतावास सोमबारदेखि बन्द गराएको छ।
आफ्नो महावाणिज्य दुतावास अमेरिकाले बन्द गराए पछि शुक्रबार चीनले छेन्दुको अमेरिकी महावाणिज्य दूतावास बन्द गर्न भनेको थियो।
अमेरिकी महावाणिज्य दूतावास बन्द हुने भएपछि चिनियाँहरूले उक्त घटनालाई निकै चासोका साथ हेरेका छन्।
साउथ चाइना मर्निङ पोष्ट समाचारपत्रका अनुसार महावाणिज्य दूतावास बन्द भएको हेर्न हेनान, हुबई, सियानलगायत टाढाटाढा प्रान्तबाट मानिसहरू छेन्दु आएका छन्।
सन् १९८५ मा स्थापना भएको उक्त महावाणिज्य दूतावास बन्द हुनु अन्तर्राष्ट्रिय राजनीतिको महत्वपूर्ण घटना भएकाले पनि आफूहरू त्यसको साक्षी बन्न आएको उनीहरूले बताएका छन्। उनीहरूले महावाणिज्य दूतावास देखिने गरी सेल्फी खिचेका छन् भने कतिपयले चिनियाँ झन्डा बोकेका छन् र राष्ट्रवादी गीत पनि गाएका छन्।
३० वर्षीया एलेन हुको अफिस साढे ९ बजेदेखि सुरू हुन्थ्यो तर उनी महावाणिज्य दूतावास बन्द भएको हेर्न १० बजेसम्म त्यहीँ कुरेर बसेकी थिइन्।
‘यो बन्द भएको हेर्नु अफिस जानुभन्दा धेरै महत्वपूर्ण छ,’ उनले भनिन्,‘किनकी यस्तो घटना दशकौं वर्षपछि मात्र हुन्छ।’
छोरालाई भेट्न उत्तरी हुवेई प्रान्तबाट छेन्दु आएका ६० वर्षीय सु जुनछिङ पनि शनिबार र आइतबार महावाणिज्य दूतावास हेर्न पुगेका थिए।
‘मलाई लाग्छ-धेरै मान्छे उत्सुक छन्। मेरो विचारमा यो महावाणिज्य दूतावास फेरि खुल्छ होला किनकी चीन र अमेरिकाले आपसी सहकार्य रोके भने पूरै संसारलाई नै राम्रो हुन्न,’ उनले भने।
सोमबार बिहानदेखि महावाणिज्य दूतावास आसपासमा ठूलो संख्यामा प्रहरी खटाइएको छ भने बाटो पनि बन्द गरिएको छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस