सोल-दक्षिण कोरियामा खटाइएका अमेरिकी सैनिकहरुको संख्या कटौति सम्बन्धी विषयमा अमेरिकी सिनेटमा भएको छलफलले तत्काल उक्त संख्या नघटाउने निर्णय गरेको छ ।
सिनेटमा उक्त विषयमा भएको मतदानमा जम्मा १०० सांसद मध्ये घटाउन हुन्न भन्ने तिर ८६ मत परेको थियो भने घटाउन हुन्छ भन्ने तर्फ १४ मत परेको थियो ।
हालै मात्र दक्षिण कोरियामा खटाइएका अमेरिकी फौजको संख्या तथा खर्च कटौति गरिनु पर्ने प्रस्ताव त्यहाँको संसदमा पेश गरिएको थियो ।
संसदको उक्त निर्णय सँगै आगामि ९० दिन सम्म दक्षिण कोरियामा रहेका २८५०० सैनिक संख्यामा कुनै कटौति गरिने छैन भने बजेटमा कटौति पनि गरिने छैन ।
हाल सम्म पनि दक्षिण कोरियालाई उत्तर कोरियाबाट सुरक्षा चुनौति व्याप्त नै रहेको बताउदै सिनेटले उक्त निर्णय गरेको हो । अवस्थामा सुधार आए तथा दक्षिण कोरिया आफै सुदृढ बन्दै गए उक्त संख्या कटौति बारे पुन छलफल गर्न सकिने अमेरिकी राष्ट्रिय सुरक्षा परिषदले जनाएको छ ।
अमेरिकी सुरक्षा फौजको संख्या कटौति गरिनु अगाडी जापान तथा दक्षिण कोरियामा रहेका सुरक्षा नियकाका अधिकारिहरु सँग पनि छलफल गरिनु पर्ने परिषदले जनाएको छ ।
गत हप्ता मात्र अमेरिकी सञ्चार माध्यम द वाल स्ट्रिट जर्नलमा दक्षिण कोरियामा सैन्य संख्या कटौतिका उपाय बारे समाचार प्रकासित गरिएको थियो । उक्त समाचारमा दक्षिण कोरियामा कार्यरत २८५०० सैनिक संख्यालाई कटौति गरेर २२००० मा झार्ने प्रस्ताव गरिएको थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस