सोल-दक्षिण कोरियाली रक्षा मन्त्रालयले देशमा तैनाथ अमेरिकी फौज हटाउने अथवा संख्या कम गर्ने बारे कुनै प्रकारको छलफल नभएको बताएको छ ।
मन्त्रालयका सहायक प्रवक्ता मुन होङ सिकका अनुसार उक्त विषयमा छलफल गर्ने भनिएता पनि हाल सम्म छलफल हुन सकेको छैन ।
पेन्टागनले उत्तर दक्षिण कोरिया विच भइरहेका घटना तथा अन्य विश्वभरका घटनालाई मुल्याङ्कन गर्दै कोरिया, मध्य पूर्व तथा अफ्रिकामा तैनाथ सेनाको संख्या घटाउन भनेको थियो । हाल दक्षिण कोरियामा २८,५०० जना अमेरिकी सैनिक कार्यरत छन् । उनीहरुको संख्या गत डिसेम्बरबाट नै घटाउन प्रस्ताव गरिएको थियो ।
पछिल्लो पटक अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जर्मनीमा तैनाथ आफ्ना सैनिकको संख्या कटौति गर्ने योजना अगाडी ल्याएका थिए ।
पछिल्ला दिनहरुमा दक्षिण कोरियामा तैनाथ अमेरिकी सैनिकहरुको बारेमा पनि पुनरावलोकन गरिनु पर्ने आवाज अमेरिकी अधिकारीहरुबाट उठीरहेको छ ।
सन् २०१९ मा दक्षिण कोरियाले अमेरिकी फौजलाई ८७० मिलियन अमेरिकी डलर भुक्तान गरेको थियो भने यस बर्षका लागि अमेरिकाले १.३ विलियन अमेरिकी डलर माग गरेको छ । ढीला गरि दक्षिण कोरियाले अमेरिकाको उक्त प्रस्तावमा सहमति समेत जनाएको समाचारमा जनाइएको छ । यो खर्च गत वर्षको भन्दा १३ प्रतिशतले बढी हो ।
सैन्य खर्च व्यवस्थापन पक्षलाइ नियाल्दै जर्मनीमा कार्यरत ३५००० सैनिकहरु मध्येबाट ११००० सैनिक कटौति गर्दै अमेरिकाले २४००० जनालाई मात्र तैनाथ गर्ने भएको छ । यो बर्ष मात्र दक्षिण कोरियाबाट ४५०० जना अमेरिकी सैनिक अमेरिकाले फिर्ता लगेको छ तर यसको कारण सैन्य संख्या घटाइएको नभएको समेत मन्त्रालयले बताएको छ ।
ट्रम्पको बोलि अकल्पनीय हुने भन्दै उनले यदि अमेरिकाले आफ्ना फौज फिर्ता लैजाने निर्णय गर्छ भने आफूहरु देशको स्वधिनताको रक्षा गर्न सक्षम रहेको बताउदै कुनै आपत्ति नरहेको बताउदै छलफल पश्चात मात्र उक्त विषयमा विस्तृतमा बताउन सकिने बताएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस