वार्सा- पोल्याण्डमा राष्ट्रपति चयनका लागि भएको निर्वाचनको नतिजाप्रति असन्तुष्टि जनाउदै विपक्षीहरुले विरोध प्रदर्शन गरेका छन् । प्रमुख विपक्षी गठबन्धन सिभिक कोलिसन र निर्वाचनमा पराजित उम्मेदवार राफल त्रजास्कोवस्कीको तर्फबाट विरोध प्रदर्शनसहित सर्वोच्च अदालतमा उजुरी समेत दायर गरिएको छ ।
उजुरीमा बर्तमान राष्ट्रपति समेत रहनु भएका र अहिलेको निर्वाचनबाट फेरी निर्वाचित भएको घोषणा गरिएका अन्ड्रजेज डुडाको पक्षमा धाँधली गरिएको उल्लेख गरिएको छ । उनीहरुले अहिलेको नतिजालाई अस्विकार गरिने घोषणा समेत गरेका छन् ।
गत आइतबार भएको निर्वाचनमा वर्तमान राष्ट्रपति डुडाको पक्षमा ५१।०३ प्रतिशत र अर्का उम्मेदबार त्रजास्कोवस्कीको पक्षमा ४८।९७ प्रतिशत मत परेको घोषणा गरिएको थियो । दुई उम्मेदबारका बीचमा झिनो मतान्तर देखिएकाले पनि विवाद चर्किएको र केही धाँधलीको आशंका गर्न सजिलो भएको विश्लेषकहरुले बताएका छन् ।
चुनाव प्रचारप्रसार अभियानका क्रममा बर्तमान राष्ट्रपति डुडाको पक्षमा राज्यका निकायहरु परिचालित भएको विपक्षीहरुले आरोप लगाएका छन् । उनीहरुले उजुरीमा यही कुरालाई मुख्य रुपमा उल्लेख गरेर धाँधली भएको जिकिर गरेका हुन् ।
विपक्षीहरुले आयोजना गरेको पत्रकार सम्मेलनमा विपक्षी दल सिभिक कोलिसनका सांसद बार्बारा नोवाचाले भन्नुभयो, “डुडाको पक्षमा राज्य शक्ति र श्रोत साधन नै परिचालन गरिएकाले धाधली भएको स्पष्ट देखिएको छ, त्यसैले हामीले यसलाई अस्विकार गर्ने भएका हौँ ।”
पोल्याण्डमा राष्ट्रपतिय निर्वाचनका लागि प्रमुख प्रतिपक्षी दल सिभिक प्लेटफर्म र साना विपक्षी दलहरु मिलेर सिभिक कोलिसन बनाएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस