बेइजिङ – कोरोनाभाइरसका कारण मन्दीतर्फ अग्रसर भएको चीनको आर्थिक स्थितिमा पछिल्ला तीन महिनामा व्यापक सुधार आएको छ । देशव्यापी रुपमा लकडाउनका कडा नियमहरु लागू गरेका कारण चीनको अर्थतन्त्रमा अघिल्लो तीन महिनामा व्यापक संकुचन आएको थियो ।
कोरोनाभाइरसको अनपेक्षित रुपमा चाँडो नियन्त्रण गर्न सफल भएको विश्वको दोस्रो ठूलो अर्थतन्त्र रहेको चीनको पछिल्ला तीन महिनामा अर्थतन्त्रमा व्यापक सुधार आएको अधिकारीहरुले बताएका छन् ।
चिनियाँ अर्थतन्त्रमा आएको सुधारले लकडाउनका कडा नियम लागू गरेका कारण आर्थिक मन्दीतर्फ अग्रसर कैयौं मुलुकलाई अनुकरणीय हुने देखिएको छ ।
चिनियाँ राष्ट्रिय तथ्याँक ब्यूरोले बिहीबार सार्वजनिक गरेको विवरणमा गत अप्रिल–जुन महिनाको अवधिमा कूल गार्हस्थ्य उत्पादन ३.२ प्रतिशतले वृद्धि भएको उल्लेख छ । पहिलो चौमासिक अवधिमा चीनको अर्थतन्त्रमा करिब ६.८ प्रतिशतको व्यापक गिरावट आएको थियो ।
तर अर्थतन्त्रको पूर्ण पुनरुत्थानका लागि भने केही समय लाग्नेछ । चिनियाँ खुद्रा बिक्रीमा भने पूर्वानुमानको तुलनामा केही घटेको छ । अघिल्लो वर्ष जुन महिनाको तुलनामा यस वर्ष खुद्रा बिक्रीमा १.८ प्रतिशतले कमी आएको छ ।
यसको अर्थ चीनमा कोरोनाभाइरस नियन्त्रणमा आएको देखिए पनि मानिसहरु बजारमा गएर सामान किन्न अझै हिच्किचाइरहेका छन् ।
ब्यूरोले नयाँ विवरण सार्वजनिक गरे पनि एसियाली शेयर बजारमा खुशी ल्याउन भने सकेन । शाङ्घाई र हङकङको शेयर बजार बिहीबार मध्याह्नसम्ममा झण्डै १ प्रतिशतले घटेको छ ।
एक्सीकर्पका रणनीतिकार स्टिफेन इन्सले मानिसमा आत्मविश्वास र उत्साह नआउँदासम्म उनीहरु बजारमा गएर सामान किन्छन् भन्न नसकिने बताउनुभयो ।
चीनको अर्थतन्त्रमा खुद्रा क्षेत्रको महत्वपूर्ण भूमिका रहँदै आएको छ । चिनियाँ नेताहरुले पनि अर्थतन्त्रलाई गति दिन व्यापार र लगानीभन्दा खुद्रा क्षेत्रका परिसूचकलाई नियाल्ने गरेका छन् ।
चिनियाँ सामानको विदेशमा माग कमजोर रहेको अवस्थामा घरेलु उपभोगलाई तिब्रता दिने प्रचलन रहिआएको छ । तर इन्सका अनुसार माग भन्दा आपूर्तिलाई सामान्यीकरण गर्न सजिलो हुन्छ ।
अक्सफोर्ड इकनमिक्सका लुइज कुइजले घरयासी उपभोगको परिसूचक सर्वाधिक कमजोर रहेको बताउनुभयो । उहाँले चीनको आर्थिक स्थितिमा सन् २०२० को मध्यपछि निकै सुधार हुने विश्वास व्यक्त गर्नुभयो ।
चीनको तथ्याँक ब्यूरोले शहरी बेरोजगारी जुनमा ५.७ प्रतिशतले बढेको जनाएको छ । अघिल्लो महिना यो ५.९ प्रतिशत थियो ।
औद्योगिक उत्पादन जुन महिनामा ४.८ प्रतिशतले वृद्धि भएको छ । मे महिनामा यस्तो उत्पादन ४.४ प्रतिशतले वृद्धि भएको थियो ।
बिहीबार बेइजिङमा आयोजित पत्रकार सम्मेलनमा ब्यूरोकी प्रवक्ता लिउ आइहुवाले चीनको अर्थतन्त्र निरन्तर सुधारोन्मुख रहेको बताउनुभयो ।
तर चीनका मुख्य व्यापारिक साझेदार मुलुकहरुमा कोरोना महामारीले चुनौती सिर्जना गरिरहेकाले चीनको राष्ट्रिय पुनरुत्थानमा अझै पनि दबाब छ ।
विश्वमै विशाल अर्थतन्त्र भएका मुलुकमध्ये चीनले मात्र सन् २०२० मा आर्थिक वृद्धि गर्ने अपेक्षा गरिएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस