सिंगापुर– कोरोनाभाइरसका कारण दोस्रो चौमासिक अवधिमा सिंगापुरको आर्थिक वृद्धि अघिल्लो वर्षको तुलनामा ४१.२ प्रतिशतले खुम्चिएको छ । प्रारम्भिक विवरण अनुसार, व्यापारमा निर्भर सिंगापुरको अर्थतन्त्रमा एकै वर्ष यतिठूलो परिमाणमा अर्थतन्त्र खुम्चिएको पहिलो पटक हो ।
अघिल्लो वर्षको तुलनामा अप्रिल र जुन महिनाको अवधिमा १२.६ प्रतिशत अर्थतन्त्र खुम्चिएको सिंगापुरको व्यापार मन्त्रालयले जनाएको छ । सिंगापुरमा कोरोनाभाइरससँग जुध्न सरकारले लकडाउनजस्ता कडा कदम चालेका कारण पनि अर्थतन्त्रमा व्यापक असर परेको हो ।
विगत एक दशकको अवधिमा पहिलो पटक सिंगापुरको अर्थतन्त्र मन्दीतर्फ अग्रसर भएको छ । दोस्रो चौमासिक अवधिमा मुलुकको कूल गार्हस्थ्य उत्पादनमा यतिठूलो गिरावट आउनुको मुख्य कारण गत अप्रिल ७ देखि जुन १ सम्म कोरोनाभाइरसको प्रसार रोक्न चालिएका कडा कदमहरु जिम्मेवार रहेको मन्त्रालयको भनाई छ ।
मन्त्रालयका अनुसार यस अवधिमा अत्यावश्यक सेवाबाहेक सबै आर्थिक गतिविधि स्थगित गरिएका थिए ।
साथै विश्वका सबैजसो मुलुकको आर्थिक स्थिति कमजोर भएकाले पनि बाह्य मागमा व्यापक गिरावट आएको मन्त्रालयले जनाएको छ ।
विश्व अर्थतन्त्र मापनको सुइरोको रुपमा रहेको सिंगापुरको पछिल्लो आर्थिक परिदृश्यले कोविड–१९ का कारण विश्वको अर्थतन्त्रमा निकै ठूलो असर परेको देखिने विज्ञहरुको भनाई छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस